२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

भँवरकोट प्रबर्द्धनमा अध्यक्ष पौडेलको निरीक्षण

२०७७, ५ कार्तिक बुधबार १०:५३

पर्बत,  शिला पाण्डे  

पर्वतको मोदीगाउँपालिकामा पर्ने रमणीय स्थल भँवररकोट हुँदै घोरेपानी सम्म बैकल्पिक पदमार्ग निर्माण कार्य ८किलो मिटर सम्म सम्पन्न भएको छ ।अन्नपुर्ण पदमार्गमा सडक बनेपछि बैकल्पिक पदमार्गको रुपमा भमरकोट घोडेपानी पदमार्ग निर्माण शुरु गरिएको हो । मोदी गाउपालिकाको तिलाहारबाट सुरु हुने पदमार्ग घोडेपानी पुग्न २१ किलोमिटर लामो छ ।



बिरेठाँटी घोरेपानी पदमार्गमा नजिकै पर्ने पर्वतको नयाँपुल देखि देउपुर हुँदै भवरकोटबाट घोडेपानी पुग्ने पदयात्रा निर्माण भैरहेको छ । ‘भवरकोटलाई घान्द्रुक र पुनहिल आउने पर्यटक संग जोड्न सकेमा यसलाई बैकल्पिक पदमार्गको रुपमा बिकास गर्न सकिने मोदि गाउपालिका प्रमुख प्रेम पौडेलले बाताउनु भयो ।उहाले यस भमरकोटको क्षेत्रलाइ पर्यटकिय हिसाबले बिकास गर्नको लागि आफू लागि परेको बताउदै भंवरकोटमा इन्द्र देवताको पुजा आराधना हुने देशकै एक मात्र मन्दिर भएको बताउनु भयो।


भमरकोट मात्र नभै बिभिन्न खालका सम्भावना भएको ठाउँ साथै यस ठाउँ बाट धेरै रमणीय ठाउहरुको अबलोकन गर्न सकिने पनि उहाले बताउनु भएको छ। समुन्द्र सतह देखि 22000मिटर माथी रहेको यो भुभागमा चिया खेती, किबि खेती लगायतको प्रबल सम्भावना रहेको र बाझो जमिनलाइ प्रयोगमा ल्याउन सके गाउपालिकाले आर्थिक उपार्जन गर्न सक्ने बताउनु भयो । साथै 3000मिटरको उचाईमा रहेको बन पैदावार निकासी नहुदा बनमा नै कुहिने र त्यसै खेर गैरहेको भन्दै दुख ब्याक्त गर्नु भयो।



भँवरकोट संगै जोडिएका मोदी गाउँपालिकाका सुन्दर गाउँहरु भूकदेउराली, ताङ्गले, लप्सीबोट, देउपुर, पुर्णगाउँ, लेस्पार, घुरुङ्गा लगायतका ठाउँमा घरबास(होमस्टे) सेवा सञ्चालन गरि प्रमुख पर्यटकीय गन्तब्य बनाउने काम भैरहेकोे छ । घोरेपानी र घान्द्रुक पुग्ने पदयात्रा मार्गमा सडक बनेपछि धुलोका कारण उनीहरुले सडकले नछोएको र हिमाल सहित दृश्यावलोकन गर्न सकिने भमरकोट आउने अवस्था बन्न सक्ने देखिएको छ । ‘भमरकोट हुँदै घोरेपानी पुग्ने पदयात्रा मार्गमा सडक को सम्भना धेरै कम भएकाले यो राम्रो पर्यटकीय गन्तब्य बन्न सक्छ’ उहाँले भन्नुभयोे ‘यो कहिल्यै नमेटिने र सडकको प्रभाव नपर्ने पदमार्ग बन्न सक्छ’ पोखरा संग यसलाई जोडेर पर्यटकीय पुर्वाधार बनाउने योजना अघि सारिएको छ ।




भमरकोट पर्यटन बिकास समितिका अध्यक्ष मनबहादुर खड्काले बजेट कम र काम धेरै गर्नु पर्दा समस्या हुने गरेको बताउदै उहाले 8मिटरको बाटोमा पर्यटकलाइ पानी असिना पर्दा समस्या हुने भएकाले बाटो बाटोमा ठुला साना गरी १०वटा ट्रस निर्माण गरेको उल्लेख गर्नु भयो । पदमार्ग अबको २ बर्षमा सप्पन्न हुने बताउदै उहाले ,यस क्षेत्रलाइ प्रचार प्रचारको गरिनु पर्ने बताउनु भयो।



अहिले देउपुर देखि भँवरकोट हुँदै घोरेपानी पुग्न ११ किलोमिटर पदमार्ग निर्माण भैरहेको छ । संघीय सरकार र प्रदेश सरकारको बजेट बाट पदमार्ग निर्माण भएको हो।



चारैतिर हिमालले घेरेको , विशाल खर्कबाट गण्डकी प्रदेशको राजधानी पोखरा, बाग्लुङ, म्याग्दी र पर्वतका अधिकांश भू–भागले पर्यटकलाई पनि लोभ्याउन सक्ने अवस्था छ ।


प्याराग्लाइडिङ उडान गर्न भमरकोट उत्तम गन्तब्य हुन सक्ने पर्वत मोदि गाउपालिका २का वडा अध्यक्ष बिकास तिमिल्सिनाले बताउनु भयो साथै यस ठाउमा बाइससै चौबीसै राजाहरुले राज गरेको र रतन पाडा काला पाडामा शिव जि को प्रभुत्व रहेको स्कन्द पुराणमा समेत उल्लेख रहेको बताउनु भयो। भँवरकोट क्षेत्रमा खास गरि जडिबुटी ,ढुङ्गा खानी अल्लो नेपालीकागज बनाउनको लागि प्रयोगमा आउने लोकता जस्ता महुमुल्य जडिबुटी रहेको र कसरी प्रयोगमा ल्याउन सकिन्छ र के कस्ता चिजहरुको सम्भावना रहेको छ भनेर अनुसन्धान कर्ता डा. सुन्दर पौडेलको विशेष उपस्थिति रहेको जनाइएको छ।



साथै पदमार्ग निरीक्षणमा मोदि गाउँ पालिकाका सब इन्जिनियर बेल प्रसाद पौडेल ,यम मेघसी लगाएतको सहभागीता थियो।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ