2026-08-30 03:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

सुदूरपश्चिम प्रदेशद्वारा ‘प्रादेशिक पर्यटन गुरुयोजना’ तयारी

कार्त्तिक १८, गोदावरी । सुदूरपश्चिम प्रदेश सरकारले ‘प्रादेशिक पर्यटन गुरुयोजना’ निर्माणको तयारी अघि बढाएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशमा दिगो एवं योजनाबद्ध पर्यटनको विकाससँगै व्यवस्थापनका विभिन्न आयाममा सुधारका लागि १० वर्षे (२०७७–२०८६) रणनीति, कार्यनीति, कार्यक्रम र नतिजा खाकासहितको गुरुयोजना तयारी अघि बढाएको हो । 

मन्त्रालयले प्रादेशिक पर्यटन गुरुयोजना तयारी गर्न रु ५० लाख विनियोजन गरेको मन्त्रालयका सूचना अधिकारी भरतबहादुर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार प्रदेशको समृद्धि, आर्थिक तथा सेवा क्षेत्रको विकास गर्नका लागि पर्यटन क्षेत्रको गुरुयोजना निर्माण गर्न कार्यशर्त तयार गरिएको छ ।  

सुदूरपश्चिम प्रदेशलाई पर्यटकीय दृष्टिले आकर्षक गन्तव्यस्थलका रुपमा विकास गरी सर्वसाधारणको जीविकोपार्जनका लागि रोजगारीको अवसरलगायत उत्पादनशीलता, जनताको जीवनस्तर र आर्थिक वृद्धिदर सँगसँगै राजश्वमा थप योगदान पुर्याउन गुरुयोजना आवश्यक रहेको श्रेष्ठले बताउनुभयो । प्रदेशका प्राकृतिक, सांस्कृतिक, जैविक तथा मानवनिर्मित सम्पदाको खोज, संरक्षण, सम्बद्र्धन एवं विकास गरी प्रदेशलाई पर्यटकीय दृष्टिले आकर्षक गन्तव्यस्थलका रुपमा विकास गर्दै अघि बढ्ने मन्त्रालयको योजना  छ । मन्त्रालयले गुरुयोजना परामर्शदाताबाट तयार गर्न लागेको सूचना अधिकारी श्रेष्ठको भनाइ छ । 

मन्त्रालयले कार्यक्षेत्रगत शर्तसहितको प्रतिवेदन पनि तयार गरेको छ ।  प्रतिवेदनमा प्रदेशका नौ जिल्लालाई आधार मानी पर्यटक र पर्यटन व्यवसायको विश्लेषण, पर्यटनसम्बन्धी शासकीय सुधार र संस्थागत संरचना सुधार, पर्यटकीय गन्तव्यको दिगो विकास र व्यवस्थापन, प्रचारप्रसार, ब्राण्डिङ, पर्यटन क्षेत्र र अन्य क्षेत्रबीचको सम्बन्ध, पर्यटन जनशक्ति उत्पादन र व्यवस्थापन, पर्यटन पूर्वाधार विकासलगायत विषय गुरुयोजनामा समेटिनुपर्ने उल्लेख छ । 

मन्त्रालयले प्रदेशका नौ जिल्लामा रहेका धार्मिक, सांस्कृतिक, वेशभूषा, रहनसहन, रीतिरिवाज, स्थानीय उत्पादन अन्न तरकारी, फलफूल, जडीबुटी, तालकुण्ड, तलैया, पोखरी, गुम्बा मठमन्दिर, गुफा, नदीनालाको पहिचान गरी पर्यटन क्षेत्रलाई पदमार्ग, डिकमार्ग, हवाईमार्गलगायतबाट जोड्न आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि चालू आवमा बजेट विनियोजन गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने