By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
15 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
15 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
16 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
17 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
20 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
17 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
21 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: हुम्लाबाटै कैलाश मानसरोवर दर्शन, कसरी पुग्ने लिमी लाप्चा ?
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > हुम्ला - HML > हुम्लाबाटै कैलाश मानसरोवर दर्शन, कसरी पुग्ने लिमी लाप्चा ?
पर्यटन हुम्ला - HML

हुम्लाबाटै कैलाश मानसरोवर दर्शन, कसरी पुग्ने लिमी लाप्चा ?

साझासवाल
Last updated: November 5, 2020 7:47 am
साझासवाल
10 Min Read
Share

दाने बोहरा । कार्त्तिक २०,  सिमीकोट । नेपाली भूमि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीबाट कैलाश मानसरोवरको दर्शन सजिलै गर्न सकिन्छ । हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी लाप्चाबाट दर्शन गर्न सकिने भएपछि यस स्थान मानसरोवरको दर्शन गरिने नेपालको एकमात्र भू–भागका रुपमा पनि चिनिँदै आएको हो ।

कैलाश मानसरोवर दर्शन गर्ने एक नयाँ एवं उत्कृष्ट गन्तव्यस्थलका रूपमा हुम्लाको लिमी लाप्चा बनेको छ । चीनले कैलाश मानसरोवर जाने हिल्सा नाकामा रोक लगाएपछि नेपालकै लिमी लाप्चाबाट कैलाश मानसरोवर दर्शन गर्ने आन्तरिक पर्यटकको सङ्ख्यामा यसवर्ष वृद्धि भएको छ ।

यसरी पछिल्लो समयमा लिमी उपत्यका कैलाश मानसरोवरको दर्शन गर्न सकिने नेपालको एकमात्र भूमि बनेको छ । लिमीको लोलुङबाट कैलाश मानसरोवसर प्रष्ट रुपमा देख्न सकिन्छ । हाम्रा पुर्खाहरु मात्रै नभएर विसं २०६० सम्म नै कैलाश मानसरोवर दर्शन गर्न जाने प्रमुख मार्ग यो नै प्रयोग हुने गरेको थियो । यो क्षेत्र हुम्ला सदरमुकाम सिमकोटदेखि १०५ किलो मिटरको दूरीमा पर्छ । सडकको स्तरोन्नति हुने हो भने यो मार्गबाट अहिलेको भन्दा अझ सहज रुपमा आवतजावत गर्न सकिने छ ।

यसतर्फको चिनियाँ भूभागमा पुग्दा जुनसुकै क्षेत्रबाट पनि देख्न सकिने यो प्रसिद्ध तीर्थस्थल नेपालतर्फबाट भने यसै स्थानबाट मात्र सहज दर्शन गर्न सकिन्छ । लिमीको लोलुङबाट कैलाशको दर्शन गर्न पैदलै जानेहरु पनि निकै छन् । यो क्षेत्र पनि पछिल्लो सयममा सहज बन्दै आएको छ ।

पहिले घोडा चढेर लिमीको गाउँबाट कैलाश मानसरोवरभन्दा उत्तरतिरको छोपाहरुको गाउँमा पुग्ने गरेका थिए । पहिला यहाँका बासिन्दा घोडाबाटै होडछुँयो भन्ने गाउँमा पुग्ने गर्थे । त्यसरी पनि एक दिनको पैदल यात्रामै लिमीबाट कैलाश मानसरोवरको दर्शन गर्न सकिन्छ ।

कसरी पुग्ने लिमी लाप्चा ?

हुम्लाको सदरमुकाम सिमकोटबाट चार दिनको पैदल यात्रापछि लिमी भ्यालीको लाप्चा पुगिन्छ । सिमकोटबाट दुई दिनजति गाउँमा बास बस्दै जान सकिन्छ भने दुई दिन आफूसँग टेन्ट, खाने कुरालगायतका सामान बोक्नुपर्छ ।

दुई दिनमा रमणीय दृश्य अवलोकन गर्दै गोठालासँगै रात बिताउन पाइन्छ । सहजै रूपमा लिमी लाप्चाबाट कैलाश मानसरोवर दर्शन गर्न सकिने स्थानमा पुग्न सकिने हुम्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा नाम्खावासी नाम्गेल तामाङले बताउनुभयो ।

तामाङले भन्नुभयो “हामीले सुनको सिरानी हालेर नूनको खोजी गर्ने संस्कार भएकाले यो लिमी लाप्चा ओझेल परेको हो । नेपाली भूमिबाटै कैलाश मानसरोवर दर्शन गर्ने एक मात्रै जिल्ला हुम्लाको लिमी भए पनि यसको प्रचार प्रसार नहुँदा ओझेलमा परेको छ । यसवर्ष कोरोना महामारीका कारण बन्दाबन्दी भएपछि त्यस समयमा लिमी लाप्चाबाट कैलाश मानसरोवर दर्शन गर्ने झण्डै पाँच सय जना आन्तरिक पर्यटक यहाँ पुगेका पनि उहाँले जानकारी दिनुभयो ।

कैलाश दर्शनको धार्मिक विश्वास

धार्मिक तीर्थस्थल कैलाश मानसरोवरको दर्शन गर्दा स्वर्ग गइन्छ भन्ने हुम्लीको धार्मिक विश्वास रहेको छ । हिन्दू तथा बौद्ध दुवै धर्मावलम्बीका लागि यो क्षेत्र पवित्रस्थल मानिन्छ । हिन्दू धर्मावलम्बीहरुले स्वर्ग पुग्ने धार्मिक विश्वासले प्रत्येक वर्षको श्रावण पूर्णिमामा कैलाश मानसरोवर पुग्ने गरेको सिमीकोट गाउँपालिका वडा नं २ निवासी वलरुप बोहराले बताउनुभयो । कैलाश दर्शन गरेपछि स्वर्ग गइन्छ भन्ने जनविश्वास रहेको उहाँ बताउनुहुन्छ ।

पर्यटकीय रुपमा पनि आकर्षक गन्तव्य रहेको मानसरोवरको यहाँको स्थानीय चिनारी भने धार्मिक तीर्थस्थल नै हो । त्यसो त तीर्थयात्रीहरु वर्षैभरी मानसरोवरको यात्राका लागि निस्किने गर्छन् तर त्यसमा पनि मानसरोवर जाने सहज याम भने असार महिना हो ।

वर्षेनी महोत्सव, उपलब्धि शून्य

नाम्खा गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि भन्दै प्रत्येक वर्ष कहिले महोत्सव, कहिले व्यापार मेलाका नाममा लाखौँ रुपैयाँ खर्च गरे पनि उपलब्धि भने खासै केही नहुने गरेको स्थानीयकै गुनासो छ । विदेशी तथा स्वदेशी पर्यटक भित्र्याउन भन्दै गाउँपालिकाले प्रत्येक वर्ष रकम खर्च गर्दै आएको छ ।

यति मात्रै होइन कहिले सम्पूर्ण कर्मचारीलाई भ्रमण भन्दै लिमी लाप्चा भ्रमण गरेको छ । तर गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि खासै चासो नदिएपछि लिमी लाप्चा ओझेलमा परेको स्थानीयको दुखेसो छ । लिमी लाप्चाबाट मात्रै कैलाश मानसरोवर दर्शन गराउन गाउँपालिकाले नै यसको वातावरण निर्माण गर्न सकेमा गाउँपालिकाको आम्दानीको मुख्य स्रोत बन्ने सम्भावना देखिन्छ ।

के हो लिमी ?

तिब्बती शब्द ‘लिमे’ बाट ‘लिमी’ शब्द आएको हो । लिमेको अर्थ तिब्बती भाषामा दुई बस्ती जोड्ने भू–भाग अर्थात् क्षेत्र भन्ने लाग्दछ । लिंक खोला र गेउ स्याक्च्या खोलालाई जोड्ने भू–भागमा बस्ती भएकाले त्यसलाई लिमे भनिएको पौराणिक मान्यता छ । पछि नेपाली भाषामा अपभ्रंस हुँदै लिमी भएको स्थानीय जानकारहरु बताउँछन् ।

लिमीको टाक्चीमा एक कोट दरबार छ । टाक्ची डाँडोको चुच्चोमा अहिले पनि दरबारको अवशेष भेट्न सकिन्छ । कोटको माथि सेउ कुनाको छेउमा बौद्ध गुम्बा छ । परापूर्व कालमा तिब्बत क्षेत्रमा गुम्बाबाट सरकार वा राजकाज चलाउने व्यवस्था थियो । सोहीअनुसार तिब्बतबाट आएका शासकहरुले त्यही गुम्बा र दरबारबाट तत्कालीन लिमी क्षेत्रमा शासन चलाउने गरेका रहेछन् । पहिले कोट दरबार, गुम्बाको बीचमा बगेर आएका दुई नदीको बीचमा लिमे हालको लिमी बस्ती थियो । पछि शासन व्यवस्था परिवर्तन भएर दरबार र गुम्बा दुवैको प्रभाव कम हुँदै गएपछि लिमे बस्ती पनि त्यहाँबाट सरेको देखिन्छ । शुरुमा एकै गाउँमा भएको लिमे बस्ती अहिले तिल, जाङ र हल्जीमा सरेपछि लिमीका रुपमा परिचित भएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले बताउनुभयो ।

उच्च हिमाली पठार क्षेत्रमा रहेको लिमी उपत्यका प्राकृतिक सौन्दर्य, पर्यावरणीय, जैविक विविधता र मानव सभ्यता तथा संस्कृतिका हिसाबले पनि निकै महत्वपूर्ण क्षेत्र हो । जसका कारण नेपाल सरकारले अहिले पनि लिमी भ्यालीलाई निषेधित क्षेत्रका रुपमा घोषणा गरेको छ । समुद्र सतहदेखि १७ हजार फिटको उचाइमा अवस्थित न्यालु लेक पार गरेर देखिने मनमोहक लिमी क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको पनि आकर्षक गन्तव्य हो ।

लिमी क्षेत्र रैथाने तिब्बती संस्कृति भएको बस्ती हो । तिब्बतको ल्हासामा समेत नभएको परम्परागत तिब्बती संस्कृतिको प्रयोग लिमीमा मात्र रहेको बताइन्छ । ल्हासा चीनमा समाहित भएपश्चात तिब्बती संस्कृति मिश्रित खालको छ तर लिमीमा अहिले पनि तिब्बत क्षेत्रको जीवित संस्कृति बाँकी नै छ ।

एघारौँ शताब्दीमा बनेको हल्जी गुम्बा

लिमीमा ११ औँ शताब्दीमा निर्माण भएको हल्जी गुम्बा छ । तत्कालीन लोचाओ (कवी) रिञ्जिन जाङवुले भारत, नेपाल र तिब्बतमा निर्माण गरेका १०८ गुम्बामध्येको १०८ औँ गुम्बाका रुपमा निर्माण भएको अन्तिम गुम्बा पनि लिमीमै अवलोकन गर्न सकिन्छ ।

यो ऐतिहासिक र पुरातात्विक रुपमा पनि निकै महत्वपूर्ण छ । अन्य गुम्बा भारतको लद्दाक र चीनको ल्हासामा निर्माण भएका छन् । यति मात्रै होइन, तत्कालीन जुम्लाको सिञ्जा क्षेत्रका एक राजाले बुद्ध धर्म मान्ने भएका कारण यही गुम्बामा गएर श्रमदान गरेको लिपि पनि यही गुम्बामा रहेकाले कर्णाली क्षेत्रको इतिहासका बारेमा समेत यो गुम्बा निकै महत्वपूर्ण मानिन्छ । ती राजाले हल्जी गुम्बामा माटो बोकेर श्रमदान गरेको कुरा खुलेको लिपि अहिले पनि यही गुम्बामा सुरक्षित छ ।

दुर्लभ वन्यजन्तु संरक्षित क्षेत्र

नेपालका कैयौँ दुर्लभ वन्यजन्तुको अवलोकन गर्न सकिने क्षेत्रहरु छन् र तीमध्येको लिमी भ्याली पनि एक हो । वन चौँरी, वन घोडा, वन बिरालो, बाघ, हिउँ चितुवा, ध्वाँसे चितुवा, मृग, भालुलगायतका सयौँको सङ्ख्याका प्रजातिका वन्यजन्तुको आवास क्षेत्र हो लिमी उपत्यका । लिमी उपत्यकाको हल्जी गाउँबाट मानसरोवर जाने बाटोमा थुप्रै सुख्खा घाँसे मैदान देखिन्छन् जुन भारी बोक्ने चौँरी, च्याङ्ग्राको चरन पनि हो ।

सन् २०१३ मा लिमी उपत्यकामा राखिएका केही स्वचालित क्यामेराले कैद गरेका तस्बिरले पनि लिमी उपत्यकामा अनौठा र दुर्लभ जनावर तथा वन्यजन्तु भएको प्रमाणित गरेको छ । जसमध्ये एउटामा अनौठो बिरालो पनि यस क्षेत्रमा पाइने उल्लेख गरिएको छ ।

करिब चार हजार मिटरको उचाइ र गाउँबाट निकै पर यो अनौठो बिरालो यसअघि नेपालबाट अभिलेख नगरिएको ‘युरेसिएन वाइल्ड क्याट’ (युरेसिएन वन बिरालो) हो भन्ने जनाइएको छ । यो क्षेत्र लोपोन्मुख वन्यजन्तुको अवलोकन गर्ने क्षेत्रका रुपमा पनि निकै महत्वपूर्ण रहेको बताइन्छ ।

परम्परागत शासन कायमै

नेपालको लिमी उपत्यका यस्तो क्षेत्र हो जहाँ अहिले पनि आफ्नै आन्तरिक शासन कायमै छ । लिमीमा भएका तीन गाउँ तिल, जाङ र हल्जीको आन्तरिक तथा बाह्य (जनप्रतिनिधिले गर्ने प्रशासनिक काम बाहेकका) सबै काम गर्न आन्तरिक नेताका रुपमा छुट्टै प्रतिनिधि चुन्ने व्यवस्था अहिले पनि जीवितै छ । उक्त प्रतिनिधिलाई तीनै गाउँमा अध्यक्ष भनेर सम्बोधन गरिन्छ ।

शुरुमा हरेक तीन वर्षमा निर्वाचित हुने लिमीका अध्यक्ष नयाँ संविधानअनुसार स्थानीय तहका जनप्रतिनिधिको पदावधि पाँच वर्ष भएपछि उनीहरुको पदावधिसमेत पाँच वर्ष पुर्याउने सल्लाह भएको नाम्खा गाउँपालिका वडा नं ६ का अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । तामाङले भन्नुभयो, “विसं २०७४ वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमार्फत निर्वाचित आफूसहितका वडा सदस्य र गाउँपालिकाका पदाधिकारीहरुलाई सरकारी प्रतिनिधिका रुपमा मान्ने गरे पनि गाउँको अधिकांश कामको छिनोफानो गर्ने जिम्मा परम्परागत पद्धतिबाट चुनिएका अध्यक्षहरुले नै गर्ने गर्छन् ।”

तत्कालीन लिमी गाविस भए पनि राज्य पुनर्संरचनामा एक वडामा सीमित गरिएको थियो । तर अहिले जाङ गाउँमा छिरिङ तामाङ, तिल गाउँमा लाक्पा तामाङ र हल्जी गाउँमा छिङतुरुप तामाङ परम्परागत रुपमा हुने निर्वाचनबाट निर्वाचित अध्यक्ष हुन् । “कुनै योजना छनोट गर्ने होस् वा उपभोक्ता समिति निर्माण गर्नेदेखि हरेक काममा पहिलो निर्णायक अधिकारी गाउँका नेताहरुको हुन्छ र गाउँको सत्ताले गरेको निर्णयानुसार वडा र गाउँपालिकाका जनप्रतिनिधिले कार्यान्वयन गर्ने प्रचलन लिमीमा अहिले पनि कायमै छ ।

कोही नयाँ व्यक्ति गाउँमा आएमा कता बस्ने, के कुरा बोल्ने भन्नेदेखि लिएर गाउँको विकासका साथै अन्य विषयमा सामूहिक नियम बनाउने पहिलो अधिकारी पनि त्यही संयन्त्रलाई हुने नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले बताउनुभयो । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article पश्चिमी सीमामा तालीम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन
Next Article पर्यटन उद्योग चाँडै पुरानै लयमा फर्किन्छ : पर्यटन सचिव कोइराला
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसमाजसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML

पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा

57 years ago
अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबिचित्र संसारबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML

बिबाह भएको १९ बर्षपछी पतिलाई थाहा भयो.. उसकी पत्नी महिला होइनन्, पुरुष हुन्

57 years ago
अछाम - ACMअर्घाखाँची - AGKअर्थ/विकासइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML

दसैंको मुखमा सुनको मूल्य निरन्तर उकालो, तोलाकाे ९० हजारमाथि पुग्यो

57 years ago
कास्की - KSKपर्यटन

पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै अन्नपूर्ण सेरोफेरो

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?