कार्त्तिक २३, पाल्पा । यहाँको पर्यटकीय गन्तव्यमा आकर्षक उद्यान निर्माण भएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तिनाउ गाउँपालिका–६, मस्याम जन्तीलुङगको डाँडामा पर्यटकलाई आकर्षण गर्ने योजनाका साथ उद्यान निर्माण गरिएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०७६/०७७ को रु १० लाखको आर्थिक सहयोगमा आकर्षक उद्यानले आन्तरिक पर्यटकलाई लोभ्याउने गरी निर्माण गरिएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती मगरले बताउनुभयो । उहाँले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल ल्याउन र स्थानीयबासिन्दाको आम्दानीका स्रोतमा वृद्धि गर्न दृश्यावलोकन केन्द्रसमेत निर्माण गरिएको बताउनुभयो ।

दृश्यावलोकन केन्द्रबाट पाल्पाको तानसेन, रुपन्देहीको बुटबल, नवलपरासीको बर्दघाटलगायतका स्थानको दुश्यावलोकन गर्न मानिसहरु आउन थालेको अध्यक्ष घर्तीले बताउनुभयो । यस क्षेत्रमा बर्सेनि आन्तरिक पर्यटकहरुको चहलपहल बढ्दो मात्रामा देखिएको छ । प्राकृतिक दृष्टिकोणले रमणीय स्थल रहेकाले पर्यटकहरु यस क्षेत्रमा टहलिन रुचाउँछन् ।

उद्यानभित्र पुग्ने सिँढी, सुरक्षाका लागि रेलिङ, फूल रोप्नका लागि क्यारी, फोटो खिच्ने स्थल लगायतका संरचना निर्माण गरिएको वडाध्यक्ष टोमबहादुर पुनले बताउनुभयो । विशाल ढुङ्गाको पहाडमाथि बसेर दृश्यावलोकन गर्न थालेपछि गाउँपालिकाले दृश्यावलोकन केन्द्र निर्माणमा बजेट विनियोजन गरेको थियो । गाउँपालिकाको सहयोगमा घरबास कार्यक्रमसमेत सञ्चालन गरी पर्यटकलाई सुविधा प्रदान गरिएको छ ।

पन्ध्र घरमा आवासीय सुविधाका लागि शय्याका सामान सहयोग गरेपछि घरबास कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष घर्तीले बताउनुभयो । आन्तरिक पर्यटकहरु आइरहने तर खानबस्न व्यवस्था नहुँदा दुःख पाइरहेपछि घरबास कार्यक्रम सञ्चालन गरी पर्यटकलाई सुविधा र स्थानीयबासिन्दालाई आयआर्जन गर्ने बाटो खुलेको उहाँले बताउनुभयो ।

प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा रिचार्ज पोखरी समेत निर्माण गरिएको छ । अघिल्लो आवमा रु आठ लाख लगानीमा निर्माण गरिएको पोखरीमा पर्यटक टहलिन्छन् । घरबास कार्यक्रममा प्रयोग हुने गरीे सामुदायिक भवन निर्माण गरिएको छ । यसले पर्यटक आगमनमा सहजता ल्याउने अपेक्षा गरिएको छ । पर्यटकलाई स्वागत तथा विदाई तथा स्थानीय संस्कृतिको प्रदर्शनी स्थलका रूपमा सामुदायिक भवन प्रयोगमा ल्याइने स्थानीयबासिन्दाको भनाइ छ ।

सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडकखण्डको डुम्रेमा प्रवेशद्वारसमेत स्थापना गरिएको छ । यसले पर्यटकलाई पर्यटकीय गन्तव्य तथा घरबास कार्यक्रम स्थलमा पुग्न सजिलै सूचना प्रदान हुनेछ । हिमाल, पहाड, तथा हिमालको सुन्दरता दृश्यावलोकन गर्न जन्तीलुङमा आन्तरिक पर्यटकको ओइरो लाग्दै आएको थियो ।

गर्मीको समयमा पनि शीतल हुँदा चैत्र वैशाख महिनामा तराईका जिल्लाबाट बढी पर्यटक घुमफिर गर्न रुचाउने स्थानीयबासिन्दा शेर बहादुर लम्तरी बताउनुहुन्छ । लम्तरीका अनुसार बन्दाबन्दी अवधिमा समेत तीन हजारभन्दा बढी पर्यटक यस क्षेत्रमा आएका छन् । बन्दाबन्दीका कारण यस क्षेत्रमा सञ्चालित घरबास कार्यक्रम अहिले बन्द छ ।

त्यसै पनि पर्यटकलाई आवासीय सुविधा छैन । जिल्लाभित्र तानसेन, दोभानलगायतका क्षेत्रका मानिस मोटरसाइकल तथा साना गाडीमा यस क्षेत्रमा आइरहेको लम्तरीले बताउनुभयो । घरबास कार्यक्रम कोरोनाका कारण बन्द हुँदा स्थानीयबासिन्दाको आम्दानी हुन सकेको छैन । रासस

You Might Also Like
अछाम - ACMअर्घाखाँची - AGKअर्थ/विकासइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML