२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

मानहुँकोटमा जग्गा विकासका लागि अध्ययन शुरु

२०७७, २६ कार्तिक बुधबार ०५:३७

कात्तिक २६, दमौली । तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा जग्गा विकासका लागि अध्ययन शुरु भएको छ । मानहुँकोटमा रहेका जग्गालाई व्यवस्थापन गर्दै विकास गर्ने उद्देश्यसहित नगरपालिकाले सोमबारदेखि अध्ययन शुरु गरेको हो । 

मानहुँकोटको गुरुयोजना निर्माण गर्ने तयारीमा रहेको नगरपालिकाले त्यसैका लागि जग्गाहरुको अध्ययन शुरु गरेको नगरपालिकाका इन्जिनीयर रवीन्द्रलाल मूलले जानकारी दिनुभयो । उहाँका अनुसार एक हप्ताको अवधिमा अध्ययन सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

“गुरुयोजना निर्माणका लागि यो अध्ययन अति आवश्यक छ, अध्ययनपश्चात् मानहुँकोटको गुरुयोजना निर्माणका लागि सहयोग पुग्छ,” उहाँले भन्नुभयो, “यसबाट मानहुँको वस्तुस्थिति कस्तो छ भन्ने बारेमा छर्लङ्ग हुन्छ ।” मूलका अनुसार यो अध्ययन मानहुँकोटमा सार्वजनिक जग्गा, व्यक्तिको जग्गाको पहिचान हुनुका साथै आगामी दिनमा कहाँ बस्ती निर्माण गर्ने, कहाँ बाटो बनाउने भन्ने विषयमा पनि सहयोगी हुनेछ । 

“मानहुँकोटको टोपोग्राफी कस्तो छ भन्ने अध्ययनले प्रष्ट पार्छ, जग्गा एकीकरणका लागि यसले बाटो निर्माण, बस्तीयोग्य जमिन पहिचान गर्न सहयोग पुग्नेछ,” मूलले भन्नुभयो । नगरपालिकासँग भएको नापीको नक्सालाई पनि आधार मानेर जग्गाहरुको अध्ययन गरिनेछ । नगरपालिकाले मानहुँकोटमा जग्गा एकीकरण गर्ने लक्ष्य राखेको छ । 

अध्ययन सम्पन्न भएपश्चात् गुरुयोजना निर्माण गर्ने समूहसँग बसेर थप छलफल गरिने मूलले जानकारी दिनुभयो । “व्यावसायिक क्षेत्र कता राख्ने, रेष्टुरेण्ट कता बनाउने, निजी आवास कता निर्माण गर्ने, उद्यान कता बनाउने भन्ने विषय अध्ययनपश्चात् योजना बनाउन सहयोग पुग्छ,” उहाँले भन्नुभयो । 

मानहुँको मौलिक चरित्रलाई यथावत राखी आधुनिक ढङ्गबाट विकासको अभियान सञ्चालनका लागि जग्गा विकास कार्यक्रम लागु गर्न लागिएको नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । “मानहुँका मगरहरुले जग्गा छोड्दै जाने र बाहिरबाट आएर जग्गा किने क्रम बढ्दै गइरहेको छ,” नगरप्रमुख न्यौपानेले भन्नुभयो, “त्यसैलाई मध्यनजर गर्दै मानहुँका जग्गाहरुलाई व्यवस्थापन गर्न खोजेका हौँ ।” 

नगरप्रमुख न्यौपानेका अनुसार मानहुँमा रहेका केही सार्वजनिक जग्गालाई पनि जग्गा विकास कार्यक्रममा समावेश गरेर लगिनेछ । मानहुँमा घर निर्माण गर्दा मौलिक परम्परालाई ख्याल गरिने भन्दै नगरप्रमुख न्यौपानेले घरभित्र सिमेन्टको प्रयोग भए पनि बाहिरबाट हेर्दा मौलिक खालको देखिनुपर्ने भएकोले त्यसतर्फ नगरपालिकाले सोच बनाएको बताउनुभयो ।

मानहुँकोटको गुरुयोजना निर्माणका लागि नगरपालिकाले सोमबारदेखि नै जग्गा किनबेचमा रोक लगाइसकेको छ । धेरै पर्यटकको ध्यान अहिले मानहुँकोटमा केन्द्रित भइरहेकोले मानहुँलाई व्यवस्थित गर्न खोजिएको व्यास–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

पछिल्लो समय मानहुँकोट पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको छ । मानहुँकोटबाट सूर्योदय र कुहिरो हेर्न यतिबेला पर्यटकको अत्यधिक भीड बढेको छ । असोजदेखि फागुनसम्म मानहुँकोटमा यस्तो दृश्य हेर्न सकिन्छ । 

दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै