२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कर्णाली नदीमा ‘जिप लाइन’ सेवा : पर्यटकको आकर्षण बढ्यो

२०७७, २८ कार्तिक शुक्रबार ०८:५३

कात्तिक २८, भजनी । कैलालीको चिसापानीस्थित कर्णाली नदीमा ‘जिप लाइन’ सेवा सञ्चालनमा आएपछि यहाँ पर्यटकको आकर्षण बढेको छ । सुदूरपश्चिम प्रदेशको प्रवेश द्वारसमेत रहेको कैलालीको चिसापानीमा सो सेवा सञ्चालनमा आएपछि पर्यटकको सङ्ख्या बढ्न थालेको हो ।

जिप लाइनको आनन्दको अनुभव लिनको लागि पछिल्लो समय पर्यटक चिसापानी पुग्ने गरेका छन् । यस ठाउँमा आन्तरिक तथा बाह्य पर्यटक समेत आएर आनन्द लिने गरेका छन् । सामाजिक सञ्जालमा भिडियो र फोटा देखेर आफू यो ठाउँमा आएको धनगढीका झलक दवाडीले बताउनुभयो । जिप लाइन सेवा कर्णाली नदीको किनारमा सञ्चालनमा ल्याइएको छ ।

करिब १३० मिटर लामो लाइन अन्तर्राष्ट्रिय मापदण्डअनुसार निमार्ण गरिएको छ । साहसिक खेल जिप लाइनको मज्जा लिन अहिले दैनिक पर्यटकले भीड लाग्ने गरेको छ । पहिलो पटक नयाँ खेलका अनुभव लिएको काठमाडौँबाट चिसापानी पुगेको अपार बिक्रम खाँडले बताउनुभयो । अहिले साहसिक खेल जिप लाइन अनुभव लिन दैनिक २०० देखि ३०० जना आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेका छन् । करिब रु १० लाख लागतमा २०७६ सालको माघदेखि जिप लाइन सेवा सञ्चालनमा ल्याइएको हो । एक व्यक्तिले एक पटक जिप फलाइन गरेकोमा रु २०० शुल्क तिर्नुपर्ने हुन्छ ।

महोन्याल गाउँपालिकाको वडा नं ७ पितमारीको कर्णाली नदीको छेउमा जिप लाइन सञ्चालनमा ल्याइएको छ । केही वर्ष विदेश बसेका कैलाली लम्कीका युवा तपेन्द्र रावलले जिप लाइन सेवा सञ्चालनमा ल्याउनुभएको हो । चिसापानी एड्भेञ्चर रिपोर्टले चिसापानी क्षेत्रमा घुम्न आउने पर्यटकका लागि साहसीका खेलको मनोरञ्जन दिने उद्देश्यले जिप लाइन सेवा सञ्चालनमा ल्याइएको तपेन्द्र रावलले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै