By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
16 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
17 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
17 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
19 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
22 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
19 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
23 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: कोरोनाले थला पर्दै पश्चिमको पर्यटन
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > बाँके - BNK > कोरोनाले थला पर्दै पश्चिमको पर्यटन
पर्यटन बाँके - BNK

कोरोनाले थला पर्दै पश्चिमको पर्यटन

साझासवाल
Last updated: June 14, 2021 9:44 am
साझासवाल
8 Min Read
Share

भेषराज बस्नेत । जेठ ३१, राँझा (रासस)। आन्तरिक पर्यटकले खचाखच भरिने बाँकेको गाभर भ्याली सामुदायिक होमस्टे अहिले सुनसान छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित गाभरमा कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै पर्यटक आवागमन बन्द भएपछि ठप्प छन् ।

कोरोना सङ्क्रमणको जोखिम बढेसँगै पाहुना आउन कमि भएकोमा गत वैशाख १३ गतेदेखि जारी भएको निषेधाज्ञापछि व्यवसाय ठप्पै भएको होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताउनुभयो । प्राकृतिक सौन्दर्यलगायत वन्यजन्तु अवलोकन गर्न आउने आन्तरिक पर्यटकले भरिने यो क्षेत्रमा कोभिड—१९ महामारीका कारण पर्यटक आउन छाडेपछि पर्यटन उद्योग धराशायी बनेको उहाँको भनाई छ ।

गाभर भ्याली सामुदायिक होमस्टेमा पछिल्लो पटक ठूलो लगानीमा खुलेका रिसोर्ट र होटलहरु कोरोना महामारीका कारण बढी प्रभावित हुन पुगेका छन् । लुम्बिनी, कणर्ाली र सुदूरपश्चिम प्रदेशका विभिन्न शहरबाट पर्यटकहरु गाभर भ्यालीमा आउने गर्दछन् । कोरोना महामारी रोकथामका लागि निषेधाज्ञा जारी भएसँगै यातायात सञ्चालन तथा आवत जावत ठप्प भएपछि होटल तथा पर्यटन क्षेत्र तहसनहस हुन पुगेको चौधरीले बताउनुभयो ।

कोरोना महामारीको मारमा गाभर मात्रै नभई बाँके र बर्दियाका सबै होटल तथा पर्यटन व्यवसाय धराशायी बन्न पुगेको छ । कोरोना महामारीको दोस्रो लहरले पश्चिम नेपालकै पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वारा पनि अहिले सुनसान छ ।

गतवर्ष लगातार करिब सात महिना बन्दाबन्दीले ठप्प भएको होटल व्यवसाय चलायमान हुन लाग्दा कोरोना महामारीका कारण पुनः सङ्कटमा परेको होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीमलाल कँडेलले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय बाँकेले सङ्क्रमण रोकथामको लागि गत वैशाख नौ गतेदेखि निषेधाज्ञा जारी गरेको छ ।

“लकडाउनमा होटल व्यवसाय चल्ने कुरै भएन, सबै ठप्प पारेर व्यवसायी बसेका छन्, गतवर्ष धराशायी भएको व्यवसाय भर्खर चलायमान बन्दाबन्दै फेरि थला परियो”, सङ्घका अध्यक्ष कँडेलले भन्नुभयो,“व्यवसाय ठप्प भएपछि कर्मचारी पाल्न र होटलको भाडा तिर्नै कठिन हुने भएको छ ।”

उहाँका अनुसार, महिनामा रु ५० हजार देखि रु एक लाखसम्म भाडा तिर्नुपर्ने होटल व्यवसायीहरु कोरोनाका कारण व्यवसाय ठप्प भएपछि घर भाडा तिर्ने चिन्तामा रहेका छन् । बाँके कोरोनाबाट अति प्रभावित जिल्लाको सूचीमा परेपछि नेपालगञ्ज बाहिर कोहलपुर, गाभर भ्याली होमस्टे, खजुरालगायतका क्षेत्रमा सञ्चालित होटल व्यवसाय पनि पूणर् रुपमा प्रभावित हुन पुगेको कँडेलको भनाई छ ।

कोरोना सङ्क्रमणको जोखिमका बीचमा पनि स्वास्थ्य मापदण्ड अपनाएर जसोतसो चल्दै आएको होटल व्यवसाय निषेधाज्ञा जारी भएपछि पूणर्रुपमा ठप्प भएको खजुरास्थित ग्रिन कटेज होम स्टेका सञ्चालक प्रेम खरेलले बताउनुभयो ।

“लकडाउन हुनासाथ यातायात बन्द हुने भएकोले मान्छेको चहलपहल हुँदैन, यस्तो बेला होटल व्यवसाय खोल्नुको कुनै औचित्य नहुने भएकोले बन्द गरेर बस्नुको बिकल्प छैन”, खरेलले भन्नुभयो,“कोरोना महामारीले यो वर्ष पनि सबै ठप्प हुने भयो, ज्यान जोगाउनै कठिन छ ।”

बाँकेमा कोरोना सङ्क्रमण बढ्दै जाँदा होटल व्यवसायी पनि ठूलो सङ्ख्यामा सङ्क्रमित हुन पुगेका छन् । होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष कँडेल पनि सङ्क्रमित भएर होटलमै स्वास्थ्य लाभ गरिरहनु भएको छ । हाल बाँकेका ६० प्रतिशत होटल व्यवसायी सङ्क्रमित भएको बताउनुभयो । होटल व्यवसायीहरुले धेरै अस्वस्थ भएमात्र अस्पताल जाने र कोरोना परीक्षण गर्ने गरेको उहाँको भनाई छ ।

बाँकेमा सङ्घअन्तर्गत ७ सय ७१ व्यवसायी सदस्य रहेका छन् । गतवर्षको बन्दाबन्दीमा तीन सयभन्दा बढी व्यवसायीको होटल भाडा छुट गराएको बताउँदै अध्यक्ष कँडेलले यो वर्ष त व्यवसायीले एकमहिना बन्दाबन्दी भए पनि भाडा तिर्न नसक्ने अवस्थामा पुगेको उल्लेख गर्नुभयो ।

कोरोनाको असर पर्यटन क्षेत्रमा बढी परेको भन्दै बर्दियाका पर्यटन व्यवसायी चिन्तित छन् । डेढ महिनादेखि ठप्प ठाकुरद्वाराको पर्यटकीय क्षेत्र खुल्ने निश्चित छैन । निकुञ्जभित्रका जङ्गलक्षेत्रको अवस्था पनि उस्तै छ । होटल र रिसोर्टका ढोका बन्द छन् । कर्मचारीलाई घर बिदा दिइएको ठाकुरद्वारास्थित बर्दिया टाइगर रिसोर्टका प्रवन्ध निर्देशक रेशम थापाले जानकारी दिनुभयो ।

“कोरोना महामारीले होटल तथा पर्यटन व्यवसाय नराम्ररी धराशायी भएको छ । लकडाउनपछि  कारोबार ठप्प हुँदा आम्दानी पनि शून्य छ”, प्रवन्ध निर्देशक थापाले भन्नुभयो,“कोरोना महामारी रोकथामका लागि गरिएको लकडाउनमा पर्यटन व्यवसायीलगायत धेरैको आय आर्जनको अवसर गुम्यो । अब लामो समयसम्मको अवस्था यस्तै रहे हाम्रो व्यवसाय धरापमा परेको छ ।”

कोरोना महामारीका कारण पर्यटक आवागमन नहुँदा पर्यटकीय गन्तव्य सुनसान छन् । पर्यटन व्यवसायीको मनोवल बढाउन पनि राज्यले नीतिगत रुपमा राहतको प्याकेज ल्याउनुपर्ने व्यवसायीको माग छ । सरकारले पर्यटनसम्बन्धी नीति बनाएरै पर्यटन व्यवसायीको समस्या सम्बोधन गर्नुपर्ने थापाको भनाइ छ ।

बैंकको ब्याजदर घटाएर किस्ता अवधि लम्ब्याए पनि राहत हुने व्यवसायी बताउँछन् । यतिखेर देशैभरका पर्यटन व्यवसायीको हालत उस्तै छ । बर्दियाको प्राकृृतिक गन्तव्य ठाकुरद्वारा क्षेत्रमा २८ वटा पर्यटकीय होटल छन् । गत वर्ष पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै करोडौंको लगानीमा खुलेका होटल पनि यतिखेर व्यवसायविहीनको अवस्थामा छन् ।

बर्दियाको पर्यटन क्षेत्रको करिब रु सात अर्ब लगानी कोरोना महामारीले डुब्ने अवस्थामा पुगेको थारु होमका सञ्चालक तथा पर्यापर्यटन विकास मञ्च बर्दियाका अध्यक्ष मोहनलाल चौधरी बताउनुहुन्छ ।

होटल तथा पर्यटन व्यवसाय चौपट भइरहँदा बर्दियाको ठाकुरद्वाराका कृषि तथा पशु उपज, स्थानीय बजारलगायत निकुञ्जको राजस्वसमेत प्रभावित बनेको छ । ठाकुरद्वारा क्षेत्रमा होटल व्यवसायमा संलग्न पाँच सय जना कर्मचारीको रोजगारी गुमेको छ । यस्तै अवस्था रहे संरक्षण क्षेत्रमा पनि नकारात्मक असर पर्नसक्ने चिन्ता होटल व्यवसायीको छ ।

“धराशायी बनेका पर्यटन उद्योग प्रबद्र्धनमा सरकारले अहम् भूमिका खेल्नुपर्छ । होटल व्यवसायीका ऋणको ब्याज घटाउँदै किस्ता बुझाउने म्याद थपको व्यवस्था राज्यले मिलाउनुपर्छ”, पर्यापर्यटन विकास मञ्च बर्दियाका अध्यक्ष चौधरीले भन्नुभयो,“कोरोना महामारीले सबैभन्दा बढी पर्यटन क्षेत्रलाई मर्का पारेको छ । भोलिका दिनमा कहिलेबाट होटल सञ्चालनमा आउने कुनै निश्चित छैन कोरोनाबाट थलिएको पर्यटन उद्योगलाई उकास्न राज्य संवेदनशील हुनुपर्ने देखिएको छ ।”

होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्लेले कोरोना महामारीबाट सबैभन्दा बढी होटल व्यवसाय प्रभावित भएको बताउनुभयो । उहाँले निषेधाज्ञा खुले पनि तत्कालै होटल व्यवसाय सञ्चालनमा आउन नसक्ने उल्लेख गर्नुभयो ।

“अरु व्यवसाय जस्तो लकडाउन खुल्नासाथ होटल व्यवसाय राम्रोसँग सञ्चालनमा आउन सक्दैन, सवारी आवागमन हुनुपर्दछ, मान्छेले होटलमा बस्नसक्ने सुरक्षा र आर्थिक जोहोको व्यवस्था गर्नुपर्छ”, अध्यक्ष काफ्लेले भन्नुभयो,“ कोरोना कम भए पनि पुरै सकिएको छैन, अत्यावश्यक कामवाहेक मान्छेले घर छोड्ने अवस्था नरहेको बेला होटल व्यवसाय सञ्चालन गरेर फाईदा हुनै सक्दैन त्यसैले अरु बजार सामान्य अवस्थामा आएपनि होटललाई लामो समय लाग्ने छ ।”

कोरोना महामारीका कारण लुम्बिनी प्रदेशका ११ हजार होटल व्यवसायी सङ्कटमा पर्दा ६० हजार जनाको प्रत्यक्ष रोजगारी अन्यौलमा परेको छ । लुम्बिनी प्रदेशको पर्यटकीय क्षेत्र लुम्बिनी क्षेत्र, बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारा, बाँके निकुञ्जको गाभर भ्याली होमस्टे लगायत १२ वटै जिल्लामा गरि करिब रु १ खर्ब  लगानी होटल व्यवसायमा भएको अध्यक्ष काफ्लेले दावी गर्नुभयो ।

कोरोना महामारीले सङ्कटग्रस्त भएका होटल व्यवसायीलाई आगामी आर्थिक वर्षको लागि प्रस्तुत भएको बजेटले भने केही राहत दिएको छ । होटल व्यवसायीको अधिकांश माग बजेटमा सम्वोधन भएको अध्यक्ष काफ्लेले बताउनुभयो ।

“होटललाई सेवा उद्योगका रुपमा सेवा सुविधा दिइने, विद्युतको माग शुल्क छुट दिने, होटलको रुपमा कर्जा लिएकालाई सहुलियत ब्याज र पुनर्कर्जाको व्यवस्थाले केही उत्साह थपेको छ”,अध्यक्ष काफ्लेले भन्नुभयो,“वर्षौदेखिका हाम्रा माग बजेटमा सम्वोधन त भएका छन् । वजेट कार्यान्वयन भएमा होटल व्यवसायी र पर्यटन क्षेत्रलाई ठूलो राहत हुने थियो ।”

कर्मचारीलाई भ्रमण खर्चसहित पर्यटन विदा कार्यक्रमले प्रत्यक्ष रुपमा होटल तथा पर्यटन क्षेत्रमा प्रभाव पर्ने काफ्लेको बुझाई छ । कार्यक्रम राम्रो भए पनि यसको कार्यान्वयनमा भने व्यवसायीको आशङ्का छ । भ्रमण नै नगरी बील भर्पाई मिलाएर खर्च व्यवस्थापन हुन सक्ने भएकोले यसको कार्यान्वयनमा कडाई हुनुपर्ने होटल व्यवसायी महासंघ लुम्बिनीका अध्यक्ष काफ्लेले बताउनुभयो ।

कोरोना महामारीबाट लुम्बिनी प्रदेशका ६० प्रतिशतभन्दा बढी होटल व्यवासायी सङ्क्रमित भएको तथ्याङ्क छ । तीमध्ये सात जनाले अकालमै ज्यान गुमाएका छन् । धेरै मान्छेसँग सम्पर्कमा रहेर अग्रपङ्क्तिमा खटिनु पर्ने भएकोले होटल व्यवसायीलाई कोभिड विरुद्धको खोपमा प्राथमिकता दिइनुपर्ने अध्यक्ष काफ्लेको भनाई छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article मेलम्ची दोस्रो चरणको निर्माण अघि बढाइँदै
Next Article आज थप २ हजार ९१८ जनालाई कोरोना संक्रमण, उपत्यकामा ६०७ संक्रमित
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबिशेष खबरबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML

तीज गीतमा रमाउँदै महिला

57 years ago
बाँके - BNKरुपन्देही - RPDसमाज

बाँके र रुपन्देहीमा थप सात सङ्क्रमितको मृत्यु

57 years ago
बाँके - BNKमुख्य समाचार

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

1 year ago
चितवन - CTWपर्यटन

माडीमा आदिवासी जनजातिका होमस्टे थपिँदै

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?