2026-10-30 06:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

बेगनासका होटल खुले पनि त्रास कायमै

साउन १३, लेखनाथ (रासस) । लेखनाथस्थित बेगनास ताल वरपरका होटलमा आन्तरिक पर्यटक आउन थाले पनि व्यवसायीमा कोरोना सङ्क्रमणको त्रास भने हट्न सकेको छैन । स्थानीय सरकारले निषेधाज्ञा खुकुलो पारेपछि होटलमा आन्तरिक पर्यटक आउन थालेका छन् । कोरोना सङ्क्रमणकै कारण थला परेको पर्यटन व्यवसायलाई पूर्ण रुपमा सहज तुल्याउन नेपाल सरकारले छिटो भन्दाछिटो सबैलाई पुग्ने गरीे कोरोनाविरुद्धको खोप ल्याउनुपर्ने माग यहाँका व्यवसायीको छ । 

“दुई हप्ताबाट आन्तरिक पर्यटक आउन शुरु भएको छ, तर सङ्क्रमणको त्रासका बीच पाहुनाको सेवा गरेका छौं ”, बेगनास तालस्थित ग्राण्ड होटलका सञ्चालक दुर्गाप्रसाद अधिकारीले भन्नुभयो, “विकास निर्माणका कामलाई एक वर्ष थाँती राखेर भए पनि नेपाल सरकारले सम्पूर्ण नेपालीलाई पुग्नेगरी कोरोनाविरुद्धको खोप लगाउन अनिर्वाय छ ।” 

सरकारी बिदाका दिन बेगनासमा पर्यटक घुम्न आउने क्रम शुरु भएको बताइएको छ । कटौती गरी बाँकी रहेका एक दुईजना कर्मचारी र आफैले पनि पाउनालाई सेवा दिँदै आएको होटल व्यवसायी अधिकारीले बताउनुभयो ।   

“घर भाडामा लिएर होटल सञ्चालन गर्ने केही व्यवसायी विस्थापित भइसकेका छन्, आफ्नै घरमा होटल सञ्चालन गर्नेले भने एक दुई कर्मचारी राखेर भए पनि होटल तथा रेष्टुराँ धानेका छौँं, भिजिट नेपाललाई लक्षित गरी लगानी बढायौँ, तर कोरोना सङ्क्रमणकै कारण बैंकको ब्याज तिर्न कठिन भएको छ”, होटल  तथा रेष्टुराँ एशोसिएशन लेखनाथका अध्यक्ष अर्जुन लम्सालले भन्नुभयो, “सरकारले व्यवसायीलाई पुनः कर्जाको व्यवस्था गर्नुपर्छ ।”        

लेखनाथमा २०० को हाराहारीमा होटल तथा रेष्टुराँ सञ्चालनमा छन् । एशोसियशनमा आवद्ध भने १०५ मात्र छन् । अध्यक्ष लम्सालका अनुसार रिसोर्टदेखि साना होटलले यहाँ आउने पर्यटकलाई सेवा पुर्याउँदै आएका छन् ।  

बेगनासस्थित न्यू थकाली भान्सा घरका सञ्चालक नीतेश लालचनले भन्नुभयो, “केही दिनदेखि दिउँसोको खाजा खानेगरी आन्तरिक पर्यटन बेगनास आउन थालेका छन् ।” बेगनासतालमा पाइने शहर, रहु, असला, नैनी, कमन, माहुर, तिलपिया बिगहेडलगायत जातका माछाको स्वाद लिन यहाँ पर्यटक पुग्ने गर्छन् । सात तालको बगैँचा शहरका रुपमा परिचित लेखनाथमा यतिबेला अधिकांश पर्यटक पोखराबाट नै आउने गरेका होटल व्यवसायी चित्रबहादुर गुरुङ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ