सन्तोषकुमार गुप्ता । भदौ १०, देउखुरी । देउखुरीको भालुवाङ स्थीत निर्माण गरिएको राप्ती किनार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता । भदौ १०, देउखुरी । देउखुरीको भालुवाङ स्थीत निर्माण गरिएको राप्ती किनार"/>

2026-09-08 09:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको भालुवाङमा तपोवन धार्मिकस्थलको उद्घाटन


सन्तोषकुमार गुप्ता । भदौ १०, देउखुरी । देउखुरीको भालुवाङ स्थीत निर्माण गरिएको राप्ती किनार सतयुग तपोवन धार्मिक तथा पर्यटकीय स्थलको बिहिबार खण्डकेश्वरी मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । निर्माण समितीका अध्यक्ष हेमराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती अञ्चल पर्यटन विकास समितीका सदस्य सचिव डा. गोविन्द आचार्यले रिबन काटेर उक्त धार्मिकस्थलको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी आचार्यले भालुवाङले आफैमा पर्यटन क्षेत्रको सम्भावना बोकेको क्षेत्र हो, यय ठाउँको पर्यटकीय क्षेत्रको विकास हुन सक्दा अन्य विकासमा समेत पछि परेको बताए । उनले पश्चिमा बर्दिया राष्ट्रिय निकुञ्ज, पुर्वमा गौतम बुद्धको पवित्र स्थल लुम्बिनी र उत्तरमा स्वर्गद्धारी धार्मिकस्थल मात्र नभई नजिकै राप्ती नदी, वनजंगल र प्राकतिक सम्पदाहरु हुँदाहुँदै पनि स्थानियको सक्रियताको कमीले मात्र पछि परेको बताए । आचार्यले तपोवन धार्मिक क्षेत्रको विकासका लागि सरकारी सहयोगको आवश्यक पहल गर्ने बताए । सरकारी सहयोगले मात्रै कुनै पनि क्षेत्रलाई पर्यटकीयस्थलको रुपमा विकास सम्भव नरहेको बताउँदै आचार्यले त्यसका लागि स्थानिय सक्रियतामा भर पर्ने बताए । अरबौँ सम्पति र ऐतिहासिक बिरासत भएका क्षेत्रको रुपमा विकास हुन नसकेको उद्धाहरण दिंदै आचार्यले धारपानी जस्ता पैसा नभएका क्षेत्रलाई आफनै सक्रियतामा स्थानियहरुले बिश्वभर चिनाउन सफल भएको बताए । तपोवन धार्मिकस्थललाई, पर्या—पर्यटन र सहासिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिने बताउँदै आचार्यले छेउमै रहेको राप्ती नदीमा ¥यापटिङ्ग र डुङ्गा सयर गराउन सकिने बताए । पर्यटक भन्ने बित्तिकै कम्तीमा ४८ घण्टा कुनै क्षेत्रमा बस्नेहरुलाई बुझाउने भन्दै आचार्यले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने हो, भने यस क्षेत्रमा बस्ने, घुम्ने र खाने व्यवस्था सहितको भौतिक पुर्वधारको व्यवस्था गर्नु पर्ने बताए । 

जिविस दाङको १ लाख ८९ हजार ५ सय २ रुपैयाँ, स्थानियबासीको ३९ हजार ९ सय बराबरको जनश्रमदान तथा विभिन्न दानदाताहरुबाट गरी कुल २ लाख ४९ हजार ८ सय ६७ रुपैयाँको लागतमा बिश्रामस्थल निर्माण गरिएको हो । तपोवन क्षेत्रमा दुईको मन्दिर र एउटा बिश्राम स्थल निर्माण गरिएको छ । पत्रकार महेश रिजालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्र्दै राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर डिसीले यस क्षेत्रको पर्यटन विकासकाम लागि सानोतिनो सहयोगले पनि ठुलो टेवा पुग्ने छ । बिशेषगरी सरकारी क्षेत्रको सहयोग हामीलाई चाहिएको छ डिसीले भने । दाङ जिल्लाकै मुटु तथा राप्ती अञ्चलकै प्रबेशद्धार रहेको भालुवाङमा पर्यटन क्षेत्रको विकासका लागि जिविसले आवश्यक ध्यान दिनु पर्ने बताए । सो अवसरमा बोल्ने अधिकांश बक्ताहरुले तपोवन धार्मिकस्थललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सरकारी सहयोगको माग गरेका छन् । उनीहरुले भौगोलिक रुपमा पिछिडिएको भए पनि प्राकृतिक रुपले सुन्दर रहेको बताउँदै भालुवाङ अन्र्तगत पर्ने तपोवन धार्मिक क्षेत्रको विकासमा सबै सरोकारवालाहरुले ध्यान दिनु पर्नेमा जोड दिएका छन् । सो अवसरमा धार्मिक क्षेत्र विकासका लागि सहयोग गरेको भन्दै समाजसेवी केदारकल्प भण्डारी, धनबहादुर झाँक्रीमगर र प्रमुख अतिथी डा. आचार्यलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा लालमटिया गाविसका निर्वतमान अधयक्ष सुर्यप्रकाश शर्मा, विश्व हिन्दु महासंघका जिल्ला अध्यक्ष रामप्रसाद उपाध्याय, नेपाली काँग्रेसका दुर्योधन पाण्डे, राप्रपा नेपालका बाबुराम मल्ल, फोरम लोकतान्त्रिकका गोरखनाथ कर्सौधन, लालमटिया गाविस सचिव दामोदर पोख्रेल, राप्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गेमबहादुर खड्का, आँपखोली खानेपानी तथा सरसफाई व्यवस्थापन समितीका अध्यक्ष पदमबहादुर पुन, भालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता समितीका सदस्य ऋषिराम बस्नेत, नेपाल भारतमैत्री संघका भालुवाङ शाखा अध्यक्ष बहादुरकर्ण केसी, ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी नायव निरिक्षक महेन्द्रबहादुर थापा, सञ्चारकर्मी तथा मानवअधिकारकर्मी जेन सागर, पत्रकार सन्तोषकुमार गुप्ता, स्थानियबासी सलिम शाह, मिना थापा, रामजीप्रसाद गुप्ता र कुवारीदेवी गोराथोकी लगायतका बक्ताले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन राप्ती सामुदायिक वन उपभोक्ता समूहका कार्यालय सचिव मुक्तबहादुर केसीले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित