३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पूर्वतर्फ किन ढल्किरहेको छ पृथ्वी ? वैज्ञानिकको अनौठो खुलासा

३ असार २०८०, आईतवार ११:२१

एजेन्सी | सन् १९९३ देखि २०१० बीचको १७ वर्षको अवधिमा पृथ्वी करीब ८० सेन्टिमिटर पूर्वतर्फ झुकेको छ । यसले पृथ्वीको जलवायुमा परिवर्तन आउनस सक्ने शोधकर्ताहरुले बताएका छन् । आखिर पृथ्वीका किन यसरी पूर्वतर्फ ढल्किरहेको छ त ?

जियोफिजिकल रिसर्च लेटर्समा प्रकाशित एक शोध अनुसार भूमिगत पानीको अत्यधिक दोहनका कारण पृथ्वी नै ढल्किने यस्तो भयानक परिवर्तन देखा परेको हो । यसले भविष्यमा व्यापक प्रभाव पार्नसक्ने अनुमान गरिएको छ।

भूमिगत पानीको पम्पिङले पानीको ठूलो हिस्साको ठाउँलाई नै परिवर्तन गरिदिएको छ । सोही कारण सन् १९९३ देखि २०१० को बीचमा पृथ्वी ८० सेन्टिमिटरले पूर्वतर्फ ढल्किएको छ ।

उक्त शोध अनुसार पश्चिमी उत्तरी अमेरिका र उत्तर पश्चिमी भारतमा सबैभन्दा धेरै पानीको पुनर्वितरण भएको छ । वैज्ञानिकहरुले यसअघि अनुमान लगाएका थिए कि मानिसले २१५० गिगाटन भूमिगत पानीको दोहन गरेको छ जुन सन् १९९३ देखि २०१० सम्म समुद्रको जलस्तरमा ६ मिलिमिटर भन्दा अधिक वृद्धिको बराबर हो ।

उक्त शोधको नेतृत्व गर्ने दक्षिण कोरियास्थित सोल नेसनल युनिभर्सिटीका शोधकर्ता की भियोन सेओका अनुसार पृथ्वीको निरन्तर घुमिरहेको ध्रवीय क्षेत्र वास्तवमा परिवर्तनको ठूलो बाहकको रुपमा रहेको हुन्छ। जलवायुसँग सम्बन्धित कारणमा भूमिगत जलको दोहन र पुनर्वितरणले घुमिरहने उक्त ध्रुवीय क्षेत्रको झुकावमा सबैभन्दा धेरै असर पार्दछ।

शोधकर्ताहरुका अनुसार पानीले पृथ्वीको घुम्ने क्रमलाई नै बदल्ने सक्ने तथ्य सन् २०१६ मै पत्ता लागेको थियो। पछिल्लो अध्ययनले चाहीँ केवल सतहको पानी मात्र नभएर भूमिगत पानीले पनि पृथ्वीको घुम्ने क्रममा ठूलो प्रभाव पार्नसक्ने तथ्य फेला परेको हो।

पृथ्वीको झुकाव कसरी भयो ?

नयाँ अनुसन्धानमा पृथ्वीको झुकाव तथा पानीको सञ्चारबीचको सम्बन्धको अध्ययन गरिएको थियो । सुरुमा केवल हिमनदीहरु र पछि भूमिगत जलको पुनर्वितरणलाई फरक कोणबाट संयोजन गरेर विश्लेषण गरियो। त्यसक्रममा शोधकर्ताहरुले घुमिरहने ध्रुवीय क्षेत्र सामान्यरुपमा करीब एकवर्ष भित्र केही मिटरसम्मै परिवर्तन हुनसक्ने तथ्य पत्ता लगाए ।

त्यसैले भूमिगत जलको पम्पिङका हुने हुने यस्तो परिवर्तनले तत्कालै मौसममा बदलाव आउने जोखिम नरहने भएपनि भूगर्भीय समयको हिसाबमा ध्रुवीय झुकावले जलवायु परिवर्तनमा प्रभाव पार्नसक्ने शोधकर्ताहरु बताउँछन्।

अमेरिकी अन्तरीक्ष संस्था नासाको जेट प्रोपल्सन ल्याबका एकजना शोध वैज्ञानिक सुरेन्द्र अधिकारीका अनुसार यो निकै महत्वपूर्ण अनुसन्धान हो।

अधिकारीले ध्रुवीय क्षेत्रको घुम्ने झुकावमा परिवर्तन ल्याउने जल पुनर्वितरणका बारेमा सन् २०१६ मै एक शोधपत्र प्रकाशित गरेका थिए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु