२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मानिसको मस्तिष्कमा जिउँदै भेटियो सर्पमा पाइने किरा

१२ भाद्र २०८०, मंगलवार ०९:१६

एजेन्सी | विश्वमा पहिलो पटक अस्ट्रेलियामा एक महिलाको मस्तिष्कमा आठ सेन्टिमिटरको जिउँदो किरा भेटिएको वैज्ञानिकले जानकारी दिएका छन् । 

यी महिला मूलतः इङ्गल्यान्डकी हुन् । गत वर्ष क्यानबेरामा भएको एक शल्यक्रियाका बेला दिमागको अघिल्लो हिस्सामा क्षतिग्रस्त तन्तुबाट एउटा ‘तार जस्तो देखिने’ चिज निकालिएको थियो । 

यो रातो रङको किरा करिब दुई महिनासम्म महिलाको दिमागमा भएको वैज्ञानिकले अनुमान गरेका छन् । 


यस केसले जनावरबाट मानिसमा रोग र सङ्क्रमण फैलाउने जोखिम बढ्दै छ भन्ने तर्कलाई बल दिन्छ भन्दै अन्वेषकहरूले चेतावनी दिइरहेका छन् । 

क्यानबेरा अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डाक्टर सञ्जय सेनयेकले भने, ‘डाक्टरले महिलाको मस्तिष्कमा केही असामान्य देखे र त्यहाँबाट आठ सेन्टिमिटर लामो रातो रङको किरा निस्किएको देख्दा अपरेसन थिएटरमा भएका सबै जना हैरान थिए ।’

‘यो बिलकुलै नयाँ प्रकारको सङ्क्रमण हो, जुन आजभन्दा पहिले कुनै पनि मानिसमा पाइएको छैन ।’

डाक्टरका अनुसार यस्तो खालको किरा साधरणतया अस्ट्रेलियामा पाइने कार्पेट पाइथन नामको सर्पमा हुन्छ । 

वैज्ञानिकका अनुसार सम्भवतः ती महिला पोखरीको नजिकै बस्ने र वरिपरि फलेको  सागसब्जी खाँदा उनको दिमागमा यो किरा पुगेको हुनसक्छ । 

इमर्जिङ इन्फेक्सियस डिजिजेज जर्नलमा अस्ट्रेलियाका विज्ञ मेहराब हुसेनले महिलाले गल्तीले अजिंगरको मल र परजीवीको अण्डाले दूषित पत्तेदार चिज आएको हुनसक्ने अनुमान गरेका छन् । 

गार्डियनका अनुसार ६४ वर्षकी ती महिलालाई पहिलो पटक सन् २०२१ को जनवरीमा अस्पताल भर्ना गरिएको थियो । उनलाई लगातार तीन हप्तासम्म पेट दुख्ने र झाडा लाग्ने भइरहेको थियो । यसका साथै उनलाई सुख्खा खोकी, ज्वरो र राती पसिना आउने समस्या पनि देखिएको थियो । 

यसका साथै, उनले कुराहरू बिर्सने पनि भइरहेकी थिइन् । डिप्रेसनको समस्या पनि देखिएपछि उनलाई क्यानबेरा अस्पताल रिफर गरियो । मस्तिष्कको एमआरआई स्क्यान गरेपछि केही असामान्य अवस्था देखा पर्‍यो र तत्काल शल्यक्रिया आवश्यक पर्ने देखियो । तर शल्यक्रिया गर्दा जिउँदो किरा नै भेटिएला भनेर डाक्टरले कल्पनासमेत गरेका थिएनन् । 

अहिले ती महिलाकाे अवस्था सामान्य हुँदै गएकाे छ र निको भैरहेकी छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता