कात्तिक १२, सिड्नी | अस्ट्रेलियाको पर्थ चिडियाखानामा राखिएको एउटा पोथी ओराङगउटान (हुबहू भीमकाय मानव आकृति र स्वभावसँग मिल्ने, बाँदर प्रजातिका चिम्प्यान्जी वा गोर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक १२, सिड्नी | अस्ट्रेलियाको पर्थ चिडियाखानामा राखिएको एउटा पोथी ओराङगउटान (हुबहू भीमकाय मानव आकृति र स्वभावसँग मिल्ने, बाँदर प्रजातिका चिम्प्यान्जी वा गोर"/>

2026-06-25 02:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दीर्घजिवी ६० बर्षिया ओराङगउटानको नाम गिनिज बूकमा

कात्तिक १२, सिड्नी | अस्ट्रेलियाको पर्थ चिडियाखानामा राखिएको एउटा पोथी ओराङगउटान (हुबहू भीमकाय मानव आकृति र स्वभावसँग मिल्ने, बाँदर प्रजातिका चिम्प्यान्जी वा गोरिल्ला जस्तै एकथरी जङगली वनमान्छे) लाई “गिनेस बूक अफ वल्र्ड रेकर्ड” मा दर्ता गरिएको छ । 

हिन्द महासागरमा अवस्थित द्वीपराष्ट्र सुमात्रा मूल थलो भई विश्वका अन्य देशमा पनि फैलिएका यस्ता प्रजातिका वनमान्छे –जङ्गली बाँदर) “सुमात्रेली ओराङगउटान” उपजातिका नामले विश्वभरी परिचित छन् । “सुमात्रेली पोथी ओराङगउटानको औसत आयु मुश्किलले ५० वर्षसम्म हुन्छ । हालसम्म, थोरै मात्र यस्ता पोथी ओराङगउटानले ५० वर्ष काटेका पाइएको” भनी एक बिज्ञप्ति नै निकालेकी छिन् पर्थ चिडिया खानाकी प्रमुख मार्टिना हार्टले । 

“पुवाँ” नाम राखिएको यस सुमात्रेली पोथी ओराङगउटान यसपाला ६० वर्षकी भइन् । “पुवाँ” को अर्थ मलेसियाली भाषामा “विवाहित महिला” हो । विश्वकै सबैभन्दा लामो आयु भएकी जीवित सुमात्रेली पोथी ओराङगउटानको दर्जा पाई यिनी गिनेस बूक अफ वल्र्ड रेकर्डमा सूचिकृत भएकी हुन् । 

“पुवाँ जङगलमै जन्मेकीले उनी जन्मेको सही तिथिमिति त पुष्टि भएको छैन, तर उपलव्ध कागजात तथा अभिलेखले देखाए बमोजिम उनको जन्मवर्ष सन् १९५६ हो । सुमात्रेली पोथी ओराङगउटान ६० वर्षसम्म जीवित रहनु भनेको थुप्रै बिशाल कोशेढुङगा पार गर्नु सरह हो । 

दीर्घजीवि पुवाँले पर्थ चिडियाखानाको नाम विश्वभर फैलाएकीले हामी सबै दङग परेका छौं । हाम्रो चिडियाखानाकी सबभन्दा वृद्धा भएकीले उनलाई हामीले आफ्नै आमासरह सम्मान पनि दिने गरेका छौं” चिडियाखानाप्रमुख मार्टिना प्रसन्न हुँदै भन्छिन् । 

पुवाँलाई पर्थ चिडियाखानाले उनलाई १२ वर्षको उमेरदेखि नै हुर्काएर पालिराखेको हो । मलेसियाका सम्राट् “सुल्तान जोहर” लाई सन् १९६८ मा अस्ट्रेलियाली सरकारले आफ्नो राष्ट्रका धेरैथरी जनावरहरु उपहार पठाएपछि सट्टामा पुवाँ पनि त्यसै वर्ष उपहार स्वरुप प्राप्त भै अस्ट्रेलिया आएकी थिइन् । पर्थ चिडियाखाना भित्रिएपछि उनी केही सन्तानका आमा मात्र नभएर हजुरआमा अझ जिजुहजुरआमा समेत भै सकेकी छिन् । 

अहिले वृद्धावस्थामा शिथिल भएकीले आलस्य गरेर धेरैजसो घाममै पल्टिरहने बानी बसेको छ । चिडियाखानामा यतिका वर्ष बिते ता पनि उनको स्वभाव र जङगली रबैया बदलिएको छैन । उनलाई भोक लागेका बेला आहारा दिन केहीगरी बढ्तै ढिला भएमा हल्ला मच्चाउँदै भूइँमा खुट्टा बजारेर मुर्मुरिँदै आक्रोस पोख्ने गर्छिन् । 

तेल (पाम आयल) संकलनका लागि गरिने ताडवृक्षको विनाश, रबरवृक्षको खेती, चोरी शिकार तथा गैह«कानूनी आखेट ब्यापार इत्यादिले उत्पन्न गरेका पर्याप्त आहार तथा वासस्थान अभावका कारण ओराङगउटान उपजातिहरु दुर्लभ हुँदै लोपोन्मुख वा खतरापन्न अवस्थामा पुगेका छन् । 

सुमात्रेली ओराङगउटान उपजातिको संख्या विश्वभर करीब ७ हजार पाँचसय मात्र बाँकी रहेको अनुमान गरिएको र हाल अत्यन्त संकटापन्न स्थितिमा बाँच्नु परिरहेको विश्व वन्यजन्तु कोषले जनाएको छ । रासस/सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा