कात्तिक २०, काठमाडौं । अमेरिकी निर्वाचनको पूर्व सन्ध्यामा आतंकवादी आक्रमण हुन सक्ने खतरा औल्याइएको छ ।

आतंकवादी संगठन अलकायदाले निर्वाचन पूर्व आक्रमण ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २०, काठमाडौं । अमेरिकी निर्वाचनको पूर्व सन्ध्यामा आतंकवादी आक्रमण हुन सक्ने खतरा औल्याइएको छ ।

आतंकवादी संगठन अलकायदाले निर्वाचन पूर्व आक्रमण ग"/>

2026-06-25 02:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा अलकायदाले आक्रमण गर्ने खतरा बढेपछी सुरक्षा व्यवस्था कडा

कात्तिक २०, काठमाडौं । अमेरिकी निर्वाचनको पूर्व सन्ध्यामा आतंकवादी आक्रमण हुन सक्ने खतरा औल्याइएको छ ।

आतंकवादी संगठन अलकायदाले निर्वाचन पूर्व आक्रमण गर्नसक्ने सूचना प्राप्त भएको र त्यसको आधिकारिकताबारे छानबिन भइरहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

न्यूयोर्क, टेक्सास र भर्जिनियामा सम्भावित आक्रमण हुनसक्ने बताइए पनि प्रहरीले भने निश्चित सूचना नरहेको टिप्पणी गरेको छ । निर्वाचनका मूख्य गतिविधि हुने दिनहरुमा हुनसक्ने सम्भावित घटनाबारे लगातार सूक्ष्म अध्ययनमा रहेको अधिकारीहरुले उल्लेख गरेका छन् ।

मूख्य शहरका विमानस्थल, सुरुङमार्ग र पुलहरुमा कडा सुरक्षा निगरानी गरिइएको अधिकारीहरुले जनाएका छन् । अमेरिकी मतदाताहरु आगामी मंगलबार नोभेम्बर ८ का दिन हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्प मध्ये कसलाई मुलुकको आगामी राष्ट्रपति बनाउने भन्नेमा मत दिँदैछन् ।

दुबै उम्मेदवार निर्वाचन सकिने दिन भने न्यूयोर्कमै रहने छन् । दुबैले निर्वाचन अगाडीको अन्तिम प्रचार प्रसार तीब्र बनाइरहेका छन् भने प्रचार अभियान निकै आक्रामक र टिकाटिप्पणीयुक्त पनि भइरहेको छ ।

पछिल्ला मत सर्वेक्षणहरुमा दुबै उम्मेदवारबीच कडा प्रतिष्पर्धा देखिएको छ । सुरु सुरुमा ट्रम्पलाई निकै पछाडी छाड्दै अगाडी रहेकी क्लिन्टनको अवस्था इमेलकाण्डमा एफबीआईले फेरि जाँच थालेपछि खस्कँदै गएको छ ।

अहिले दुबै नेता पैतालीस पैतालीस प्रतिशतमा आएर अडिएको सर्वेक्षणहरुले जनाएको छ । त्यसैले दुई नेता मध्ये निर्वाचनमा कसले बाजी मार्लान् भन्ने कुनै निश्चित देखिएको छैन । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा