१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ खतरा: कोरोनाले अब शरीर भीत्र रगत जमाएर मानिसलाई मार्दैछ

११ बैशाख २०७७, बिहीबार ०६:२८

वैशाख ११, काठमाडौँ (एजेन्सी) | अमेरिकामा कोरोना भाइरसको सक्रमणको अवस्था थप भयावह हुँदैछ । कोरोना भाइरस अब थप रहस्यमय बन्दैछ, जसले संक्रमितको शरीरको भीत्र बग्ने रगतलाई जमाईदिएर मानिसको मृत्यु गराइरहेको केशहरु आएका छन् । यो अचम्मको घटना अमेरिकाको एक/दुई ठाउँमा मात्र नभई कयौं स्थानमा भेटिएका छन् । 

अमेरिकाको एटलान्टा प्रान्तको एमोरी युनिभर्सिटी हेल्थ सिस्टमको अधिनमा रहेको बिभिन्न १० अस्पतालमा संक्रमित मानव शरीरभीत्रको रगत जमाउने (Blood Clotting) ले मानिसहरुको मृत्यु भएको जानकारी गराइएको छ । चिकित्सकहरु किन यस्तो भईरहेको छ भन्नेबारे अनभिज्ञ छन् ।

तश्वीर: एएफपी

यसै विषयमा द वाशिंगटन पोस्ट अखबारले लेखेको छ कि एटलान्टाका ति १० अस्पतालहरुको आईसीयूका प्रमुख डा. क्रेग कूपरस्मिथले बताएका छन् 'यो एउटा ठूलो समस्या हो । हामीले अरु ठाउँको अस्पतालमा पनि सोध्यौं, तव यो स्थिति अरु ठाउँमा पनि छ भन्ने थाहा भयो ।' 

डा. कूपरस्मिथले भने अनुसार कुनै अस्पतालमा रगत जम्ने समस्याले २० प्रतिशत बिरामीको मृत्यु भएको त्यो शंख्या कुनै अस्पतालमा ४० प्रतिशतसम्म रहेको छ । यो संकट तीब्र रुपमा बढ्दैछ । उनले भने 'हामीसँग यसलाई रोक्ने कुनै तरीका छैन । तरीका तब निस्कन्छ जब यस्तो किन हुँदैछ भन्ने थाहा हुन्छ ।'

एक महीना अघिको कुरा हो जब अमेरिकी डाक्टरहरुलाई यो थाहा थियो कि उनीहरु कस्ता विरामीको उपचार गर्दैछन् । तब डाक्टरहरु आत्मविश्वास लिएर विरामीको उपचारमा जाने गर्दथे । जतिबेला कोरोना भाइरसले शरीरको फोक्सो, किडनी, मुटु र दिमागमा बढी प्रभाव देखाउथ्यो । तर अब भाइरसले शारिरमा बग्ने रगतलाई समेत लक्षित बनाईरहेको छ ।  

तश्वीर: रोयटर्स

भाइरसले मानव शारिरको रगतमै लक्षित गरेपछि चिकित्सकहरु थप तनाबमा छन्, किनकी मेडिकल साइन्समा शरीरको भीत्र रगत जम्ने समस्याको कुनै उपचारनै छैन । यसो हुनबाट बच्नको लागि रगत पातलो बनाउने थिनर दिइन्छ । तर कोरोना भाइरसबाट पिडित बिरामीको शरीरमा थिनरले पनि राम्ररी काम गरिरहेको छैन ।  

चिकित्सकहरुका अनुसार सामान्यतया कोरोना भाइरसबाट संक्रमित बिरामीको शरीरमा अक्सीजनको स्तरमा कमी हुन्छ । त्यसपछि उनीहरु बेहोश हुन्छन् । वा उनीहरुमा हार्टअट्याक हुन्छ । तर अहिले रगत जम्ने समस्या आउनुलाई डाक्टरहरुले बुझेका छैनन् । 

रगत जम्नु (Blood Clotting) यानेकि शरीरभीत्र बग्ने रगत जेलजस्तै बाक्लो हुँदै जान्छ । सामान्यत: ब्लड क्लोटिंग यानेकि रगत जम्ने समस्या ईबोला, डेंगू वा अन्य प्रकारको हेमोरेजिक विरामीमा दिखिने हुन्छ । कोरोनामा यस्तो लक्षण पहिलो पटक देखिन थालेको बताइएको छ । 


तश्वीर: रोयटर्स

जब कोरोना संक्रमणबाट मृत्यु भएको मानिसको शरीरको पोस्टमार्टम गरियो तब थाहा भयो कि मानिसको फोक्सोमा रगतको सानासाना थेक्ला भेटियो । मुटु नली, दिमागको नसामा रगत जमेको भेटियो । यसकै कारण दिमागले काम गर्न बन्द गरेको र हार्टअट्याक भई मानिसको मृत्यु भएको पत्ता लाग्यो ।

१८ अप्रिल यानेकि गत शनिवार मात्र ४१ बर्षीय ब्राण्डवे एक्टर निक कार्डेरोको दाहिने पट्टिको खुट्टा काटिएको छ ताकि उनको ज्यान बचाउन सकियोस् । उनि कोरोना भाइरसबाट ग्रसित थिए र उनको दाहिने खुट्टामा पनि रगत जम्न थालेको थियो । जुन विस्तारै बढ्दैथियो । 

चिकित्सकले बताए अनुसार जुन कोरोना भाईरस संक्रमित मानिसको शरीरमा रगत जम्न शुरू हुन्छ, उसको सबैभन्दा पहिला खुट्टाको रङग नीलो देखिन्छ । 

यस्तो अवस्थामा अब अमेरिकी चिकित्सकसंग एकमात्र उपाय के बचेको छ ग्रसित रोगीको रगत जम्न नदिन रगतको सफाई गर्ने । जस्तो डायलिसिसको प्रक्रियामा हुन्छ । तर ब्लड क्लोटिङको समस्या कहिलेसम्म हुन्छ ? कस्तो अवस्थामा हुन्छ ? यसको उपचार के हुनसक्छ ? यो समस्या किन आईरहेको छ ? यी सबैको जवाफ हालसम्म अमेरिकी चिकित्सकसंग छैन । 

तश्वीर: एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल