वैशाख ११, काठमाडौँ (एजेन्सी) | कोरोना महामारीको डरका बीच सुखद आशाका समाचारहरु पनि आईरहेका छन् । एकाएक नयाँ रोग देखापरेपछि त्यसको उपचारको बिधि खोज्न केहि समय पक्का लाग्छ नै । त्यसैको खोजमा विश्वका वैज्ञानिकहरु लागि परेका छन् । बैज्ञानिकहरुले भाइरस बिरुद्ध महानिराशालाई अन्त्य गर्दै आशाको दियो बाल्ने कोसिस गर्दै रहेको अन्तराष्ट्रीय समाचार माध्यमहरुले जनाएका छन् ।
यसैवीच पुरै संसार अहिलेसम्म कोरोना भाइरसको कहरबाट सशंकित भईरहेको बेला यो फैलनबाट कहिले रोकिएला ? कसरी मानिसहरु यसको संक्रमणबाट ग्रसित भई मर्न छाड्लान् ? यसैको जवाफमा ब्रिटेनका वैज्ञानिकहरुले मानिसहरुलाई आशा जगाएका छन् ।
कोरोनालाई जारीदेखि हटाउनको लागि भ्याक्सिन तयार गरिएको छ र आज यानेकि २३ अप्रिलबाट मानिसमा उक्त भ्याक्सिनको परीक्षण पनि शुरु हुँदैछ । मतलब सुपर भ्याक्सिन करीब-करीब तयार भईसकेको छ ।
यो चमत्कार गर्ने कामको निकै नजिक छन् लन्डनका अक्सफोर्ड यूनिभर्सिटीका वैज्ञानिकहरु । भ्याक्सिनको परीक्षणको महत्वपूर्ण प्रभाव जब मानिसमा त्यसले सफल तरीकाले काम गर्छ तब मात्र हुन्छ । यस पछि कुनैपनि विरामीमा इन्जेक्शनको असर तय हुन्छ ।
जानकारीका अनुसार, पहिलो चरणमा भ्याक्सिनको परीक्षण ५१० भोलेन्टिएरमा गरिदैछ । दोश्रो चरणमा बृद्ध/बृद्धामा प्रयोग हुनेछ । तेश्रो चरणमा ५००० जना भोलेन्टिएरमा यसको प्रभाव हेरिनेछ र यसमा सफलता मिलेको खण्डमा सेप्टेम्बरसम्ममा १० लाख भ्याक्सिन प्रयोगमा ल्याइनेछ ।
अक्सफोर्ड यूनिभर्सिटीका प्रोफेसर सराह गिलबर्टले भने – 'मेरो टीम अपरिचित विरामीहरुमा काम गर्दै थियो । हामीले यसको नाम दिएका थियौं डिजिज एक्स । ताकि यदी भविष्यमा कुनै महामारी फैलियो भने हामी त्सयस विरुद्ध लड्न सकौं । हामीलाई अनुमान थिएन कि यसको जरूरत यति छिटै पर्छ । यो बिधिलाई अलग-अलग विरामीहरुमा प्रयोग गरिसकिएको छ । हामी अरु विरामीहरुमा १२ क्लिनिकल परीक्षण गरिसकेका छौं । हामीलाई राम्रो रेस्पोन्स प्राप्त भएको छ । यसको एकै डोजले मानिसको प्रतिरक्षा राम्रो हुनसक्छ ।'
अहिलेसम्म मानिएको छ कि कोरोना भाइरसको इन्जेक्शन बनाउनको लागि १२ देखि १८ महिना लाग्न सक्छ । तर ब्रिटेनले बाजी मार्ने नजिक अवस्थामा छ । यसको खोज गर्ने वैज्ञानिकहरुको भरोसा यतिसम्म छ कि परीक्षणसंगै संसारका ७ केन्द्रमा भ्याक्सिनको उत्पादन पनि शुरू भईसकेको छ । भारत पनि त्यस मध्ये एक केन्द्रमा पर्छ । अक्सफोर्ड यूनिभर्सिटीका प्रोफेसर एड्रियन हिलले भने 'यो भ्याक्सिन निर्माण गर्ने जोखिम हामीले लिएका छौं, त्यो पनि थोरै होइन । हामीले संसारको ७ अलग-अलग उत्पादक नेटवर्कको मद्मतबाट भ्याक्सिन बनाईरहेका छौं । हाम्रो तीन पार्टनर यूकेमा छ, दुई यूरोपमा छन्, एक चीनमा र एक भारतमा छ ।
आफ्नो वैज्ञानिकको सफलताको लागि ब्रिटेन आशाबादी छ । ब्रिटेन सरकारले फैसला गरेको छ कि रिसर्चमा कुनै बाधा आउन दिइने छैन । परीक्षणको लागि सरकारले करीब ३३५ करोड सहयोगको घोषणा गरेको छ ।
ब्रिटेनका स्वास्थ्य मन्त्री म्याट हनककले भने – 'संसार सामु कोरोनाले सबैभन्दा गम्भीर संकट खडा गरेको छ । यसअघि इबोलाले तनाब दिएको थियो । त्यसको भ्याक्सिन तयार पार्न ५ बर्षसम्म लागेको थियो । यस्तो अवस्थामा अक्सफोर्डका वैज्ञानिकलाई सफलता लिलेको खण्डमा यो पुरै मानव जगतको लागे अनमोल वरदान साबित हुनेछ ।