२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजको दिन: विश्वका सवैभन्दा क्रुर शासक हिटलरको अन्त्य भएको दिन

२०७७, १८ बैशाख बिहीबार ०७:२९

वैशाख १८, काठमाडौँ | सन् १९४५ अप्रिल २० अर्थात आजकै दिन, बर्लिनस्थित मुख्यालमा बंकरमुनि लुकेका एडोल्फ हिटलरले आफैले आफ्नो टाउकोमा गोली हानेर आत्महत्या गरेका थिए । उनि त्यतिबेला ५६ बर्षका थिए । 

को हुन् हिटलर ? 

अष्ट्रियामा जन्मिएका हिटलर जर्मन राजनीतिज्ञ तथा राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी (नाजी) का नेता थिए । विश्वका क्रूर शासकहरूमा उनि सबैभन्दा अग्रपंक्तिमा गनिन्छन् । उनी सन् १९३३ देखि सन् १९४५ सम्म जर्मनीका चान्स्लर तथा १९३४ देखि १९४५ सम्म नाजी जर्मनीका शासक थिए । उनी नाजीबाद तथा दोश्रो विश्वयुद्ध शुरू हुनुका केन्द्रीय पात्र थिए ।

हिटलर पहिलो विश्वयुद्धका अनुभवी थिए । उनले सन् १९१९मा राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी (नाजी पार्टी)को सदस्यता लिएका थिए तथा सन् १९२१ मा सोही पार्टीको नेता बने । सन् १९२३ मा उनले एक "कु" को असफल प्रयास समेत गरेका थिए । सोहि असफल "कु" को कारणले उनी जेलमा परेका थिए । उनि सन् १९२४ मा जेलमुक्त भए । त्यसपछि उनले भर्साइल्सको सन्धिको कडा आलोचना गरे तथा बृहत जर्मन (विशेष गरी भाषिक कारणले), यहूदी बिरोधी र कम्युनिष्ठ बिरोधी गतिविधिलाई आफ्नो विशिष्ट व्यक्तिक्त्व कलाद्वारा समर्थन गरी लोकप्रियता हासिल गरे । सन् १९३३ मा जर्मनीको चान्सलरमा नियुक्त भए । त्यसपछि उनले गणतान्त्रिक जर्मनीलाई नाजी विचारधारामा आधारित एकदलीय, अधिनायकवादी, निरंकुश शासनमा रूपान्तरण गरे । उनको उद्देश्य युरोपमा एकतन्त्रिय नाजी व्यवस्थाको स्थापना गर्नु थियो । 

हिटलरको आन्तरिक तथा बाह्य नीति नाजी जातिलाई बसोबास गर्ने स्थान सुरक्षित गर्नु थियो । उनले जर्मनीको सैन्य सुदृढीकरण गरे तथा सन् १९३९मा पोल्याण्डमाथि आक्रमण गरे जुन दोश्रो विश्वयुद्धको शुरुवात थियो । हिटलरको शासनकालमा जर्मनी तथा उसको सहयोगी राष्ट्रहरूले युरोपको धेरै भुभाग तथा उत्तरी अफ्रिकामाथि कब्जा जमाएका थिए । तर सन् १९४३ मा हिटलरको केहि सैन्य निर्णयहरूको कारणले तीब्र पराजयहरू ब्यहोर्नुपर्यो । सन् १९४५ मा मित्र राष्ट्रको सेनाले जर्मनी माथि सजिलै विजय हासिल गर्यो । हिटलरको आफ्नो बर्चस्व तथा रंगभेदी नीतिले गर्दा एघार करोड मानिसको ज्यान गयो । जसमध्ये करिब साठी लाख यहूदी मात्र थिए । 

युद्धका अन्तिम दिनहरूमा सन् १९४५मा बर्लिनको लडाईताका हिटलरले आफ्नो लामो समय देखिकि प्रेमिका इभा ब्राउनसँग विवाह गरे । तर त्यसको २ दिन पश्चात ३० अप्रिल् १९४५ मा लाल सेनाबाट सम्भावित गिरफ्तार नहुन दुवै जनाले आत्महत्या गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ