२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अक्सफोर्डले तयार पार्दै गरेको भ्याक्सिनको ट्रायलमा धक्का

२०७७, २४ भाद्र बुधबार ०२:२५

भदौ २४, काठमाडौँ | कोरोना भाइरसविरुद्ध जित हाँसिल गर्न बन्दै गरेको भ्याक्सिनले त्यतिबेला ठूलो धक्का पायो जब एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले भ्याक्सिनको ट्रायलनै रोक्नुपर्यो ।

मानव परीक्षणका क्रममा एक व्यक्ति बिरामी भएपछि उनीहरुले यस्तो गर्नुपरेको हो । एस्ट्राजेनेकाले परीक्षणमा समावेश व्यक्तिको रोगबाट अहिलेसम्म केही जानकारी नपाइएको यो एक रुटिन स्थगन भएको बताएको छ ।

अक्सफोर्ड युनिभर्सिटीमा भ्याक्सिनको ट्रायलमाथि पूरा संसारले निगरानी राखिरहेको अवस्थामा भ्याक्सिन प्रयोग भएको व्यक्ति बिरामी परेपछि भ्याक्सिन निर्माणको काम रोकिएको छ ।

यतिबेला संसारभरी करिब एक दर्जन स्थानमा कोरोना भ्याक्सिनको ट्रायल चलिरहेको छ तर जानकारले अक्सफोर्ड युनिभर्सिटीको ट्रायल सबैभन्दा अघि भएको मान्यता राखेका छन् ।

यहाँ तेस्रो चरणको ट्रायल भइरहेको छ र बजारमा सबैभन्दा उपलब्ध हुने भ्याक्सिन अक्सफोर्ड युनिभर्सिटीकै होस् भनेर आशासमेत गरिएको छ । 


भ्याक्सिनको तेस्रो चरणको ट्रायलमा हज्जारौं मानिस समावेश हुन्छन् र यसमा कतिपय अवस्थामा त थुप्रै वर्ष लाग्न सक्छ ।

कोरोना भ्याक्सिनको तेस्रो चरणको ट्रायलमा करिब ३० हजार मानिस समावेश छन् । अक्सफोर्ड युनिभर्सिटीका प्रवक्ताले भने, 'ठूला ट्रायलमा बिरामी हुने पूर्ण आशंका छ तर यसको ध्यानपूर्वक परीक्षण गर्नका लागि यसको स्वतन्त्र पुनर्परीक्षणको अत्यावश्यक छ ।' 

अक्सफोर्ड युनिभर्सिटीमा कोरोनाभाइरसको भ्याक्सिनको ट्रायल दोस्रो पटक रोकिएको हो । ठूला ट्रायलमा यस्तो हुनु सामान्य कुरा हो र जब परीक्षणमा समावेश व्यक्तिलाई अस्पताल भर्ना गर्दा उनको रोगको कारण तत्काल पत्ता लाग्न नसक्दा ट्रायल रोकिने गर्दछ ।

केही दिन पछि ट्रायल पुनः सुरु हुने अनुमान गरिएको छ ।

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक