सिबी अधिकारी/असोज ६, काठमाडौँ । ‘ग्याङ फाइट’भन्नेबित्तिकै पुरुषको नाम अगाडि आउँछ । तर, अब महिला पनि यस्तो कार्यमा संलग्न हुन थालेका छन् । 

ललितपुर"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सिबी अधिकारी/असोज ६, काठमाडौँ । ‘ग्याङ फाइट’भन्नेबित्तिकै पुरुषको नाम अगाडि आउँछ । तर, अब महिला पनि यस्तो कार्यमा संलग्न हुन थालेका छन् । 

ललितपुर"/>

२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब महिला पनि ‘ग्याङ फाइट’मा, सात जना प्रहरी फन्दामा

२०७३, ६ आश्विन बिहीबार ०८:५४

सिबी अधिकारी/असोज ६, काठमाडौँ । ‘ग्याङ फाइट’भन्नेबित्तिकै पुरुषको नाम अगाडि आउँछ । तर, अब महिला पनि यस्तो कार्यमा संलग्न हुन थालेका छन् । 

ललितपुरको बालकुमारीस्थित ‘गुडविल डान्स बार’को घटना यसको पछिल्लो उदाहरण हो । महिलाहरु मदिरा सेवन गरी ग्याङ फाइटमा उत्रँदा प्रहरीको फन्दामा परेका छन् । गएराति ११ बजे मदिरा सेवन गरी बियरका बोतलले एकापसमा प्रहार गरेर स्थानीयवासीलाई त्रस्त बनाइरहेको अवस्थामा ललितपुर प्रहरीले सात महिलालाई पक्राउ गरेको हो । 

महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले श्रीया तामाङ, सन्जु गरुङ, अनु गुरुङ तथा सुशीला तामाङ, रेश्मा थोक्कर र लक्ष्मी क्षेत्रीको छुट्टाछुट्टै समूह बनाई ग्याङ फाइट गरेको अवस्थामा गरी सार्वजनिक अपराध मुद्दा चलाइएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर यादवले राससलाई जानकारी दिए । 

उहाँका अनुसार बालकुमारी ग्वार्को क्षेत्रमा पेशेवर महिला समूह अनैतिक गतिविधिमा संलग्न हुने गरेको र आपसमा झगडा गरी सर्वसाधारणलाई त्रस्त बनाउँदै आएका छन् । यसअघि पनि प्रहरीले ग्वार्को क्षेत्रबाट यौनजन्य गतिविधिमा संलग्न ११ जनालाई पक्राउ गरेको थियो । 

यादवको सक्रियता बढ्दो 

पछिल्लो समय यौनजन्य क्रियाकलापमा संलग्न पेसेवरले ललितपुरका विभिन्न स्थानमा अखडा जमाइरहेका कारण ललितपुर प्रहरीले आफ्नो सतर्कता बढाएको छ । बीस दिनअघि वृत्तको जिम्मेवारी सम्हालेका यादवले समाजमा अनैतिक क्रियाकलाप नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न आफूलाई खरो रुपमा  उतारेका छन् । घटनास्थलमै गएर वृत्त प्रमुख यादवले विभिन्न विकृतिजन्य गतिविधिमा संलग्नलाई कानुनी कठघरामा ल्याउने काम  गरेका छन् । 

एकान्तकुनास्थित यातायात कार्यालय र ताल्सिखेलस्थित मोटरसाइकलको राजस्व सङ्कलन केन्द्रबाट २० भन्दा बढी दलाललाई नियन्त्रणमा लिई मुद्दा चलाइएको र त्यस्तै चोरीमा संलग्न २०, सात जुवाडे, लागुऔषधमा संलग्न एक साधुसहित छजनालाई पक्राउ गरी मुद्दा चलाइएको उहाँले बताउनुभयो ।  यात्रुको सुरक्षा तथा यातायातलाई व्यवस्थित र मर्यादित तुल्याउन बालकुमारीदेखि एकान्तकुनासम्म प्रत्येक सार्वजनिक बसमा एक प्रहरी खटाउने गरिएको प्रहरीले जनाएको छ । 

पाकेटमार र दुव्र्यवहारबाट यात्रुलाई बचाउन तथा सडक र सवारी चालकको नियम पालन गराउन १५ दिनदेखि यस्तो अभियान सुरु गरिएको छ । त्यसैगरी लागुऔषधमा संलग्न विभिन्न विद्यालयका १०० जनालाई नियन्त्रणमा लिएर अभिमुखीकरण गराई अभिभावको जिम्मा लगाइएको छ । 

यसैबीच नजिकिएको दसैँ, तिहार र छठ पर्वलाई मध्यनजर गरी सुरक्षा जनचेतना सुरु गरिएको र त्यसका लागि माइकिङ र पर्चा वितरण गरिने भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश