२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बुटवलमा प्रहरीद्वारा ठुलो परिणाममा अवैध मदिरा बरामद

२०७३, ६ आश्विन बिहीबार ०९:०१

असोज ६, बुटवल । बुटवलमा प्रहरीले ठुलो परिणाममा अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । यस्तै प्रहरीले बुटवलबाट तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय बुटवलले एक हजार ५०० लिटर अवैध मदिरा पक्राउ पछि नष्ट गरेको छ । रुपन्देहीका विभिन्न पाँच स्थानमा गरिएको अप्रेसनपछि सो परिमाणका घरेलु मदिरा फेला पारिएको इलाका प्रहरी कार्यालय बुटवलले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । 

प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीका अनुसार प्रहरीले सिद्धबाबा क्षेत्रबाट ८०० लिटर, इँटाभट्टाबाट ३०० लिटर र उत्पादन सामग्री, जीतगढीबाट १०० लिटर त्यसैगरी चरंगेबाट २०० लिटर र एक बोरा कच्चा पदार्थ, बुटवलको गोलपार्कबाट १०० लिटर गरी नियन्त्रणमा लिइएको एक हजार ५०० घरेलु मदिरा नष्ट गरेको हो । 

त्यस्तै प्रहरीले तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुठापौवा–५ पाल्पाका रेशम बगाले छन् । उनले नोफोन १ सड ८५ सिसी, फेनारगन १८६ सिसी र सेराज्याक १८३ सिसी र दुई थान सिरिन्ज पनि बोकेका थिए । 

त्यसैगरी देवदह–२ का फत्तेबहादुर राणा र किसन थापाको साथबाट १ दशमलव ४४ ग्राम ब्राउन सुगर र उनीहरु सवार लु१५प ३७१६ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल पनि बरामद गरिएकोे छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध