2026-06-30 05:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अस्ट्रेलियामा धेर गर्मी भएपछि नदीमै मरे माछा, खतरनाक संकेत

एजेन्सी | अस्ट्रेलियाको न्यु साउथ वेल्समा रहेको मेनिन्डी शहरस्थित एक नदीमा माछाहरू मरेपछि स्थानीयहरू समस्यामा परेका छन् । 

मरेका माछा सडेपछि आएको गन्धका कारण मानिसहरू घरबाट बाहिर निस्कन सकेका छैनन् । 

शुक्रवार बिहान नदी किनारमा विशाल संख्यामा मरेका माछा नदी किनारमा देखिएका थिए ।  


उक्त राज्यको नदी प्राधिकरणले डार्लिङ–बाका नदीमा लूका कारण पानी धेर तातेर माछा मरेको जनाएको छ । 

तीन वर्षअघि पनि यसै गरी विशाल संख्यामा माछाहरू मरेका थिए । 

मानिसले गराएको जलवायु परिवर्तनका कारण लूहरू बारम्बार आउन थालेका छन् । तिनको तीव्रता पनि बढेको छ भने अवधि पनि लम्बिन थालेको छ । 

लगभग ३० किलेमिटर क्षेत्रमा मरेका माछा रहेको स्थानीय बासिन्दा ग्राएम मकक्राबले बताए । 

मेनिन्डीमा लगभग ५०० मानिस बस्छन् । डार्लिङ–बाका नदी मरे डार्लिङ बेसिनको एक भाग हो । त्यो अस्ट्रेलियाको सबभन्दा ठूलो नदी प्रणाली हो । 

माछाहरूको मृत्युले मरे डार्लिङ बेसिनका समस्याहरूलाई उजागर गरेको छ । सुक्खा तथा अत्यधिक दोहनका कारण मरे डार्लिङ पर्यावरणको स्वास्थ्यमा असर परेको छ । 

कृषि, उद्योग तथा मानव समुदायले नदी प्रणालीबाट पानी निकाल्दा उक्त नदीमा कम पानी बग्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ