2026-09-07 08:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प भन्छन् : मंगलबार पक्राउ पर्नसक्छु, आन्दोलन गर्नुहोला

चैत ५, काठमाडौँ | अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू मंगलबार पक्राउ पर्न सक्ने भन्दै समर्थकहरूलाई गिरफ्तारीविरुद्ध आन्दोलन गर्न अपिल गरेका छन्।

उनले फेसबुक र ट्विटरले प्रतिवन्ध लगाएपछि आफैले सञ्चालनमा ल्याएको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा आफ्नो सम्भावित गिरफ्तारीबारे जानकारी दिएका हुन्।

उनले लेखेका छन्, ‘रिपब्लिकन पार्टीका नेता तथा सयुक्त राज्य अमेरिकाका पूर्वप्रधानमन्त्री आगामी मंगलबार पक्राउ पर्न सक्छन्। गिरफ्तारीविरुद्ध प्रदर्शन गरी हाम्रो देशलाई फिर्ता ल्याउनुहोला।’

यद्यपि उनले पक्राउ पर्ने कारण भने खुलाएका छैनन्। तर उनको अभिव्यक्तिपछि धेरैले उनको गिरफ्तारीको कारण पोर्नस्टार स्टेफिनी क्लिफोर्डसँगको अफेयर हुनसक्ने आकलन गरेका छन्।

सन् २०१६ मा अमेरिकी राष्ट्रपतिको चुनावको दौरान स्टेफिनी र ट्रम्पको अफेयरको चर्चा भएको थियो। ट्रम्पसँग अंगालो मारेको तस्वीर सार्वजनिक भएपछि उनलाई उनलाई मिडियाले त्यसबारे सोध्दा उनले बोल्न मानेकी थिइनन्।

तर सन् २०१९ मा उनले एक अन्तरवार्तामा सन् २००६ मा ट्रम्पसँग आफ्नो सम्बन्ध रहेको बताएकी थिइन्। उनले त्यसबारेमा नबोल्नका लागि ट्रम्पले आफूलाई १ लाख ३० हजार डलर दिएको बताएकी थिइन्।

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले आफू पक्राउ पर्नसक्ने बताएपनि अदालतले उक्त विषयमा बोल्न अस्वीकार गरेको छ। जिल्ला सरकारी वकिलको कार्यालयले ट्रम्पको गिरफ्तारीबारे बोल्न अस्वीकार गरेको अलजजीराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित