२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

छात्रामाथि बलात्कार गर्न खोज्ने सिन्धुलीका शिक्षक मैनालीविरुद्ध उजुरी

२०७९, ७ चैत्र मंगलवार ०९:४६

चैत ७, सिन्धुली | छात्रामाथि बलात्कार गर्न खोज्ने सिन्धुलीका शिक्षक मैनालीविरुद्ध उजुरी कुशेश्वर विद्यापीठ माध्यामिक विद्यालयका शिक्षक बद्री मैनालीविरुद्ध छात्रामाथि बलात्कार गर्न खोजेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ ।

काभ्रेको रोशी गाउँपालिका २ भिमपोखरी घर भएका शिक्षक मैनालीले सोही विद्यालयमा अध्यनरत १७ वर्षीया छात्रासँग फोन नम्बर माग्ने फेसबुक आइडी माग्ने र कक्षाकोठामा किताब तथा गृहकार्य हेर्ने बहानामा शरीरका संवेदनशिल अंग छुने गरेको भन्दै किशोरीका दाजुले चैत ३ गते उजुरी दिएको ईलाका प्रहरी कार्यालय खुर्कोटको इन्चार्ज प्रहरी निरीक्षक सविता केसी बताइन् ।

किशोरीलाई देख्नासाथ चुम्बन गर्ने ४०/५० हजार पैसा दिन्छु र काठमाडौं घुमाउन लैजान्छु भनेर प्रलोभन देखाएर करणी गर्न खोजेको किटानी जाहेरीमा उल्लेख छ । प्रहरीले उजुरी दर्ता गरेर आवश्यक कारबाहीको प्रक्रिया अघि बढाएको प्रहरी निरिक्षक सविता केसीले जानकारी दिइन् ।

यसअघि पनि छात्राप्रति यौनहिंसाको आरोपमा परेका मैनाली विद्यालयका स्थायी शिक्षक हुन् । उनले गरेका अनैतिक क्रियाकलाप विरुद्ध विद्यार्थीले आन्दोलन नै गरेका थिए । अघिल्लो वर्ष पनि एक छात्रालाई यौन दुर्व्यवहारको प्रयास गरेका थिए । समाजले आममाफी मगाएर छाडेको थियो ।

एकपटक माओवादीले धम्की दिएपछि एक वर्ष विद्यालय नै छाडेर काठमाडौंतिर बसेर घटना मत्थर भएपछि पुनः बिद्यालय फर्किएका थिए । अहिले शिक्षक मैनाली विद्यालयको सम्पर्कमा नरहेको प्रधानध्यापक विनोद कोइरालाले जनाकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण