असोज ६, चितवन । स्वास्थ्यमन्त्री गगनकुमार थापाले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सेवा एवम् गुणस्तरको सुधार तथा समस्या पहिचान गर्न टोली "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ६, चितवन । स्वास्थ्यमन्त्री गगनकुमार थापाले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सेवा एवम् गुणस्तरको सुधार तथा समस्या पहिचान गर्न टोली "/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

‘बिपी कोइराला क्यान्सर अस्पताल अस्तव्यस्त’

६ आश्विन २०७३, बिहीबार १२:४६


असोज ६, चितवन । स्वास्थ्यमन्त्री गगनकुमार थापाले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सेवा एवम् गुणस्तरको सुधार तथा समस्या पहिचान गर्न टोली खटाइएको बताउनुभएको छ । 

अस्पतालको निरीक्षणपछि आज यहाँ आयोजित कार्यक्रममा उहाँले आफूले अस्पतालमा व्यवस्थापकीय कमजोरी, आर्थिक अनियमितता र स्रोत, साधनको उचित सदुपयोग हुन नसकेको पाएको बताउनुभयो । सो अवसरमा उहाँले एसियाकै नमुना सो अस्पताल अस्तव्यस्त भएको भन्दै चिन्तासमेत व्यक्त गर्नुभयो । 

मन्त्रालयले देशका अन्य अस्पतालमा पनि टोली खटाएर सूक्ष्म अध्ययन गरिरहेको उल्लेख गर्दै उहाँले टोलीको प्रतिवेदन आएलगत्तै मन्त्रालयले निर्णय लिने बताउनुभयो । स्वास्थ्य क्षेत्रमा राजनीति हाबी हुँदा गुणस्तरीय सेवा प्रदान हुन नसकेको भन्दै उहाँले समयमा नै आफ्नो कार्यशैली सुधार गर्न चिकित्सक र कर्मचारीलाई निर्देशन दिनुभयो । 

विश्व दीर्घकालीन अधिश्वेत रक्तता (चार मुख्य अर्बुदरोगमध्ये एक) दिवसका अवसरमा आजै सो अस्पतालमा रक्त अर्बुदरोग भएका बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । अस्पतालबाट अहिले ६०० जनाले वार्षिक प्रतिव्यक्ति रु ६० लाख पर्ने औषधि निःशुल्क सेवन गरिरहेको कर्मचारी रमेश पौडेलले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने