2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगारीमा गएका श्रमिकलाई कोषमा जोड्दा ठूलो राहत पुग्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

चैत ८, काठमाडौं | नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँदा श्रमिक र तिनका परिवारहरुलाई ठूलो राहत पुग्ने बताएका छन् । बुधवार सामाजिक सुरक्षा कोषले काठमाडौँमा आयोजित सामाजिक सुरक्षा योजनाको शुभारम्भ समारोहमा बोल्दै यस्तो बताएका हुन् ।

उनले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा ल्याउने योजनाले आर्थिक रुपमा देशलाई चलायमान बनाउन ठूलो योगदान पुग्ने बताए । उनले वैदेशिक रोजगारदाताहरू कोषमा आवद्ध हुन पाउँदा समेत उनीहरुलाई राज्य भएको महशुस पुग्ने विश्वास व्यक्त गरे । उनले वैदेशिक रोजगारमा रहेकाहरुले नेपालमा वार्षिक लगभग १ खर्ब रेमिटेन्स पठाउने गरेको बताए ।

उनले भने, ‘वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँदा श्रमिक र तिनका परिवारहरुलाई ठूलो राहत पुग्छ । वैदेशिक रोजगारमा रहेकाहरुले नेपालमा वार्षिक लगभग १ खर्ब रेमिटेन्स पठाउने गरेका छन् । रगत पसिना बगाएर कमाएर पठाएको रेमिटेन्सले देश चलायमान भएकाले उनीहरुका लागि सरकारले यस्ता योजनाहरु आगामी दिनमा पनि ल्याउनुपर्छ ।’ 

उनले विदेशमा श्रमिकहरुले रगत पसिना बगाएर कमाएर पठाएको रेमिटेन्सले देशको अर्थतन्त्र चलायमान भएकाले सरकारले यस्ता योजना ल्याउनु स्वागतयोग्य रहेको बताए । उनले रेमिटेन्स आउँदा मात्र खुशी हुने सरकारले धेरैपछि वैदेशिक रोजगारदाताहरुको लागि अवश्यक रहेको सामाजिक सुरक्षाको दायित्व पूरा गरेको बताए । उनले सरकारले श्रमिकहरुको सुरक्षाको लागि पहिलो शुरुवात भएको टिप्पणी गर । 

उनले भने, ‘यसैगरी वैदेशिक रोजगारमा रहेका रोजगारदाताहरुलाई ती देशहरूले सामाजिक सुरक्षा कोषको सुविधा नदिएको अवस्थामा सरकारले यो ठूलो कामको शुरुवात गरेको छ । रेमिटेन्स आउँदा मात्र खुशी हुने सरकारले धेरैपछि वैदेशिक रोजगारदाताहरुको लागि अवश्यक रहेको सामाजिक सुरक्षाको दायित्व पूरा गरेको छ,’ उनले भने, ‘सरकारले श्रमिकहरुको सुरक्षाको लागि काम गर्ने शुरुवात गरेको छ ।’ उनले सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँदा श्रमिक र तिनका परिवारहरुको न्युनतम सुरक्षाको प्रत्याभूति हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत