५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अर्जेन्टिनी गोलकिपर रेक्युनाले बनाए सबैभन्दा लामो दूरीबाट गोलको कीर्तिमान

९ चैत्र २०७९, बिहीबार ०७:०४

एजेन्सी । अर्जेन्टिनी गोलकिपर लिएन्द्रो रेक्युनाले सम्भवत: हालसम्मकै सबैभन्दा लामो दूरीबाट गोल गर्ने कीर्तिमान बनाएका छन्। चिलीमा भइरहेको 'टप सकर लिग'मा कोबरेसल पक्षका उनले कोलो-कोलोमाथि उक्त गोल गरेका हुन्। 

उक्त गोलसँगै कोबरेसल ३-१ ले विजयी भएको थियो। खेलको ७७ मिनेटमा उक्त गोल भएको हो। पहिले ने २-० ले अघि रहेको कोबरेसलले उक्त गोलसँगै अग्रता तेब्बर पारेको थियो। 

बल विपक्षी गोलकिपरको हातमा रहेका बेला कोलो-कोलोका गोलकिपर सामान्य अवस्था जस्तै पेनाल्टी क्षेत्रबाहिर उभिएका थिए। त्यहीबेला विपक्षी गोलकिपर रेक्युनाले फालेको बल उनको टाउकोमाथिबाट गोलपोष्टतिर गयो। उनले बलको पिछा गरे पनि रोक्न असम्भव रह्यो। 

टिएटी स्पोर्ट्स चिलीका अनुसार उक्त गोल १०१ मिटरको दूरीबाट भएको छ। जसलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले समेत अनुमोदन गरेको छ। 

यसअघि ९६.१ मिटरबाट भएको गोल नै सबैभन्दा लामो दूरीको थियो। सन् २०२१ मा इग्ल्यान्डका टम किङले न्युपोर्ट काउन्टी र चेल्टेनहम टाउनबीचको खेलमा उक्त गोल भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ