2026-07-24 09:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एआईजी ज्ञवालीको भर्ना प्रक्रियामा भेटिएन त्रुटि, गृह स्रोत भन्छ– तत्कालीन कानूनअनुसार योग्य देखियो !

चैत ९, काठमाडौं | प्रहरी महानिरीक्षक (आईजीपी)को रेसमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको भर्ना प्रक्रियालाई लिएर लागेको आरोप पुष्टि नहुने देखिएको छ । एआईजी ज्ञवालीको भर्ना प्रक्रियाका विषयमा प्रारम्भिक अनुसन्धान गरेको गृह मन्त्रालय स्रोतका अनुसार उनी तत्कालीन अवस्थामा विद्यमान कानूनी व्यवस्थाअनुसार प्रहरी सेवामा भर्ना हुन योग्य रहेको देखिएको छ ।

नागरिकता र शैक्षिक प्रमाण पत्रमा फरक जन्ममिति रहेको र सेवा प्रवेश गर्दा २५ वर्ष नाघिसकेको भन्दै ज्ञवालीविरुद्ध उजुरी परेको थियो ।  उजुरी सम्बन्धमा प्रारम्भिक छानबिन गरेको गृह मन्त्रालयले प्रहरी नियमावलीको तत्कालीन व्यवस्थाअनुसार नै ज्ञवाली भर्ना भएको देखिएको निष्कर्ष निकालेको छ । भर्ना हुँदाको समयमा अर्कै व्यवस्था रहेकोमा अहिलेको नियमावलीसँग तुलना गर्नु तर्कसंगक नहुने गृहका एक अधिकारीले बताए ।

‘कसैले उजुरी गर्दैमा कोही दोषी ठहरिने होइन । उनका सम्बन्धमा खासै समस्या हुने खालको अवस्था देखिएन । महानिरीक्षक नियुक्तिका बेला विवाद निकाल्नु उपयुक्त पनि होइन,’ गृह स्रोतले भन्यो । 

डीआईजीबाट एआईजीमा बढुवा भएका पाँचजना भावी आईजीपीका लागि प्रतिस्पर्धी छन् । पाँचै एआईजीले बुधवार प्रहरी महानिरीक्षकको हातबाट फुली लगाएका छन् । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह तथा एआईजीहरूले बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक