2026-09-24 03:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

युके सिजनल भिसा: ११९ राहदानी सहित दुई महिला सामाखुसीबाट पक्राउ (भिडियो सहित)

चैत १०, काठमाडौँ । बैदेशिक रोजगार बिभागले युके सिजनल भिसामा पठाइदिने भन्दै ठगि गर्ने दुई जना महिलाहरुलाई पक्राउ गरेको छ । सामाखुसी स्थित एक पार्टी प्यालेसमा बिभागले छापा मार्ने क्रममा दुई झोलामा ११९ राहदानी सहित पीडितहरुको कागजातहरु जफत गरेको हो । 

पक्राउ पर्नेहरुमा लमजुङ जिल्लाको साविकको मालिङ गाविस ८ घर भएकी शिला परियार र उनलाई सहयोग गर्ने प्रमिला बढुवाल रहेका छन् । ठगि गिरोहको मुख्य भने शिला परियार हुन् । उनले आफूले युवाहरुसंग राहदानी र ५० हजारको दरले अग्रिम अशुली गरेको स्वीकारेकी छन् । उनलाई साथ दिएकी प्रमिलाले भने आफू पनि युके जाने तयारीको क्रममा आएको र परियारलाई साथ दिएको बताएकी छन् । 

प्रारम्भिक अनुसन्धानको क्रममा परियारले नेपालमा अशुली गिरोह संचालन गरि भारत बस्ने एजेन्टको निर्देशनमा काम गर्दै आएकी खुलेको छ । साथै सय भन्दा बढी पीडितहरुसँग अनुमानित ७० लाख भन्दा बढी अशुली गरिसकेको अनुमान छ । पिडीतहरुका अनुसार उनिहरुले कम्तिमा ५० हजारदेखि दुई लाखसम्म बुझाएका छन् । अशुली गिरोहमा सक्रिय परियारले सोधपुछको क्रममा आफूले एकजना डाक्टरको निर्देशनमा काम गरेको र ति डाक्टरको नाम समेत थाहा नभएको बताइन् । परियारले व्हाट्सएप मार्फत ति एजेन्टले दिएको निर्देशन अनुसार काम गर्ने गरेको खुलेको छ । 

वैदेशिक रोजगार बिभागले घटनास्थलबाट बरामद गरेको ११९ जना पीडितहरुको राहदानी शुक्रबार फिर्ता गर्दैछ । राहदानी फिर्ता लिन आउँदा राहदानी बाहकको आधिकारिक प्रमाण खुल्ने कागजात सहित आउन बिभागले पीडितहरुलाई सुझाव दिएको छ । साथै पक्राउ परेकाहरुलाई वैदेशिक रोजगार ऐन २०६४ बमोजिम कारवाही गरिने बिभागले जनाएको छ । 

यस सम्बन्धि स्थलगत भिडियो तल हेर्नुहोला:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट