४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जासुसी गरेको आरोपमा जापानी नागरिक पक्राउ परेको चीनको दाबी

१३ चैत्र २०७९, सोमबार १०:५४

चैत १३, काठमाडौँ | टोकियोले आफ्ना एक नागरिकलाई रिहा गर्न बेइजिङलाई आग्रह गरेपछि चीनले जासुसीको आरोपमा एक जापानी नागरिकलाई हिरासतमा लिएको सोमबार पुष्टि गरेको छ । 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो, “सम्बन्धित चिनियाँ अधिकारीहरूले यसै महिना एक जापानी नागरिकविरुद्ध कानुनअनुसार बलजफ्ती आपराधिक कदम चालेका छन् ।” 

माओले भन्नुभयो, “यी जापानी नागरिकमाथि आपराधिक कानून र जनवादी गणतन्त्र चीनको जासुसी विरोधी कानूनको उल्लङ्घन गर्दै जासुसी गतिविधिमा संलग्न भएको आशङ्का गरिएको छ ।”

उहाँले भन्नुभयो, “चीन विधिको शासन भएको देश हो । चीनमा रहेका सबै विदेशी नागरिकले चिनियाँ कानुनको पालना गर्नुपर्छ र दोषीलाई कानुनअनुसार कारबाही हुन्छ ।” 

जापानी सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले सोमबार पत्रकारसँग कुरा गर्दै चीनस्थित टोकियोको दूतावासलाई ‘यसै महिना ५० वर्षीय एक जापानी नागरिकलाई बेइजिङमा पक्राउ गरिएको’ जानकारी दिइएको बताउनुभयो । 

उहाँले पक्राय परेका व्यक्तिको पहिचान, उहाँको कथित अपराध वा उहाँ कहिले पक्राउ पर्नुभएको थियो भन्नेबारे कुनै विवरण दिनुभएन । 

मात्सुनोले भन्नुभयो, “हामीले यो घटनाबारे थाहा पाएदेखि नै जापानी सरकारले ती जापानी नागरिकलाई तत्काल रिहा गर्न जोडदार आग्रह गर्दै आएको छ ।” टोकियोले ती व्यक्तिसँग ‘कन्सुलर एक्सेस’को पनि माग गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता