2026-06-30 05:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारत सरकारले किन रोक्यो गाडीमा ‘फुल ट्याङ्क’ पेट्रोलियम पदार्थ भर्न?

चैत १४, काठमाडौँ | भारतको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयले सवारी साधनमा फुल ट्याङ्क इन्धन नभर्न आग्रह गर्दै नयाँ परिपत्र जारी गरेको छ।

यसअघि मन्त्रालयमा पेट्रोलियम डिलर एसोसिएसनबाट दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनको सेवा पुस्तिकामा ट्याङ्कीको क्षमता गलत लेखिएको भन्दै त्यहाँको नापतौल महाशाखामा गुनासो पुगेको थियो।

इन्धन ट्याङ्की क्षमता वास्तविक भोल्युम भन्दा १५-२० प्रतिशत कम रहेको गुनासो थियो। तर सवारी साधन उत्पादक कम्पनीहरुले भने ट्याङ्कीमा राखेको सो खाली स्पेस सुरक्षाका केही विषयमा ध्यान दिएरै राखिएको बताएपछि मन्त्रालयले सो निर्देशन जारी गरेको हो।

मन्त्रालयले सवारी चालकहरूलाई आफ्नो सवारीको पेट्रोल ट्याङ्कीलाई पूर्ण रुपमा नभर्न आग्रह गरेको हो। सरकारले अटो उत्पादक कम्पनीहरुलाई पनि त्यहीअनुसार सुरक्षाको विषयलाई ध्यानमा राखेर कति क्षमता निर्धारण गर्ने भन्ने बारे निर्णय गर्न सुझाव दिएको छ।

त्यही अनुसार ग्राहकहरुलाई इन्धन भर्न सुझाव दिन पनि सरकारले अटो निर्माताहरूलाई आग्रह गरेको छ।

यस्तै, उत्पादक कम्पनीहरुले तोकेको ट्याङ्कीको क्षमता अनुसार इन्धन भर्दा ग्राहक र इन्धन पम्पहरुबिच लफडा हुने गरेको छ। नेपालमा पनि यस्ता घटनाहरु धेरै रिपोर्ट गरिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ