२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

लेखापाल रिजालको आफ्नै साथीद्वारा हत्या भएको खुलासा

२०७३, ७ आश्विन शुक्रबार ०६:५३

असोज ७, झापा । शरणामती गाविसका सहलेखापाल यामनाथ रिजालको हत्यामा संलग्न भएको भन्दै सोही ठाउँका ४६ वर्षीय लय शिवाकोटीलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीको प्रारम्भिक अनुसन्धानबाट शिवाकोटीले नै उनको हत्या गरेको देखिएकाले ज्यान मार्ने उद्योगमा उनीमाथि मुद्दा दर्ता गरिएको बताउनुभयो । 

शिवाकोटीले मोटरसाइकलमा पछाडि राखेर रिजाललाई घरतर्फ लगेको र शरणामती–५ चप्रमारीमा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएकाले उनीमाथि मुद्दा चलाइएको प्रहरी उपरीक्षक क्षेत्रीले बताउनुभयो । 

रिजालको बुधबार बिहान कनकाई नगरपालिकाको चप्रमारीमा सडक किनारमा शव फेला परेको थियो । रिजालको निधार र खुट्टामा नीलो डाम देखेपछि प्रहरीले शिवाकोटीलाई नियन्त्रणमा लिएको थियो । शिवाकोटी र रिजाल साथी भएको प्रहरीले जनाएको छ । 

मङ्गलबार राति अबेरसम्म सुरुङ्गास्थित त्रिवेणी होटलमा मृतक रिजाल र शिवाकोटीले मादकपदार्थ सेवन गरेर घर फर्कने क्रममा रिजालको चप्रमारीमा हत्या भएको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले बताउनुभयो । 

रिजालको हत्या भएको विरोधमा स्थानीय निकाय कर्मचारी सङ्घ झापाले बिहीबार स्थानीय निकाय अन्तर्गतका सबै कार्यालय बन्द गरेर हत्याराको पहिचान गरी कानुनी कारबाही गर्न माग गरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध