२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बेपत्ता युवक मृत फेला

२०७३, ७ आश्विन शुक्रबार ०७:०५

असोज ७, बैतडी । बैतडी र दार्चुलाको सिमा भएर बग्ने चौलानी नदीबाट बगेर बेपत्ता भएका २० वर्षीय युवक गोकुल भट्ट मृत फेला परेका छन् । 

बेपत्ता युवकलाई खोजी गर्र्दै जाँदा आज बिहान ७ बजे प्रहरीले सित्तड– ४ पन्ज्युनयाँ नजिकै चौलानी नदीको बीच भागमा मृत अवस्थामा फेला परेको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले राससलाई जानकारी दिनुभयो । 

युवक नदीको बीच भागको भङ्गालोमा फेला परेको भए पनि नदीको बहाव बढी भएकाले शव निकाल्न कठिनाइ भएकोे उल्लेख गर्दै प्रहरी नायब उपरीक्षक खनालले भन्नुभयो, “दुबैतिरबाट नदी बगिरहेको छ नदीको बीच भङ्गालोमा शव छ ” 

बैतडी देउलेक– ६ रिखाली घर भएका भट्ट बिहीबार साँझ नुहाउने क्रममा दार्चुलाको गोकुलेश्वर– ६ भट्टेगाड नजिकै चौलानी नदीबाट बेपत्ता भएका थिए । 

गोकुलेश्वर उमाविमा कक्षा १२ मा अध्ययनरत युवक दार्चुला गोकुलेश्वर– ५ मा भिनाजुको घरमा बस्दै आइरहेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै