2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैशाख १ देखि ७५३ स्थानिय तहबाटै वैदेशिक रोजगारको श्रम-स्वीकृतिमा सहजीकरण गरिने

चैत १६, काठमाडौं । वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिन ७५३ वटै स्थानिय तहको सहयोग लिन सकिने भएको छ । यस अघि बिभिन्न एजेन्टको सहयोगमा श्रम लिन पर्ने बाध्यता रहेको थियो । 

अब वैदेशिक रोजगारमा जान व्यक्तिगत श्रम स्वीकृति लिनेहरुले स्थानिय निकायकै सहयोगमा आवेदन भर्न सहयोग पाउने भएका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै १ वैशाखदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि स्थानीय तहका रोजगार सेवा केन्द्रबाट नै आवेदन दिन सकिने व्यवस्था गरेको हो ।


श्रम मन्त्रालय समेत सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो निर्णय गरेका हुन् । निर्णय अनुसार श्रम स्वीकृतका लागि अनलाइन आवेदन भर्न केन्द्रले सहजीकरण गर्ने भएका छन् ।

अहिले सबै प्रकारका श्रम-स्वीकृतिका लागि श्रमिकले घरबाटै आवेदन दिन सक्ने अवस्था छ तर आफैले भर्न नजान्ने हुँदा एजेन्टहरुले जथाभावी अशुली गर्ने तथा श्रम कार्यालयहरुले बिभिन्न बहानामा रकम माग्ने गरेको गुनाशो युवाहरुको छ । सरकारले १ वैशाखसम्म सेवा केन्द्रहरुको क्षमता अभिवृद्धि गरि वैदेशिक रोजगारमा जानेहरुलाई स्थानीय निकायबाटै श्रम स्वीकृतिको लागि सघाउने भएको हो । 

यो निर्णयले आफै श्रम स्वीकृति लिन नजान्नेहरुको लागि सहिजिकरण हुने भएको छ । साथै श्रम गर्नकै लागि हुने अचाक्ली अशुलीको समस्या समेत समाधान हुने भएको छ ।

सरकारले यस अघि सातै प्रदेशबाट श्रम स्वीकृति नवीकरण र व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्दै आएको छ । तर बिभिन्न बहानामा ति कार्यालयहरुले श्रमिकहरूलाई दुःख दिने, फाइलहरू अनावश्यक रूपमा अल्झाउने गुनासाहरू मन्त्रालयमा पुग्ने गरेको थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते