2026-07-28 07:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

युएन मार्फत टर्कीमा नेपालीलाई रोजगार भनि प्रलोभन देखाई धमाधम मेडिकल गराइदै *

चैत १७, काठमाडौँ । भुकम्पले क्षेतिग्रस्त भएको टर्कीका भुकम्प पीडितहरुको घर कन्स्ट्रक्सनको लागि भन्दै नेपाली युवाहरुलाई काठमाडौँ स्थित एक म्यानपावर कम्पनीले धमाधम फारम भर्न लगाई मेडिकल गराउन पठाइएको पाइएको छ । 

काठमाडौँको चक्रपथमा रहेको विनर एचआर सोलुसन प्रालि (म्यानपावर) कम्पनीले सरकारबाट स्वीकृतिनै नभएको डिमाण्डमा रोजगारको लागि पठाउने भन्दै फारम भर्न लगाई राहदानीको नक्कल प्रति लिएर मेडिकल गर्न लगाएको युवाहरुले जनाएका छन् । युवाहरुलाई मेडिकल गराउन बसुन्धारा स्थित एक मेडिकल सेन्टर पठाइएको जानकारी प्राप्त भएको छ । उक्त मेडिकलमा टर्की रोजगारकै प्रलोभनमा पठाइएका युवाहरुको भीड लागेको पाइएको छ । 

उक्त म्यानपावरले युएन मार्फत नेपाली कामदारहरु माग भएको भन्दै युवाहरुलाई प्रलोभन देखाई धमाधम मेडिकल गराएको पुष्टि भएको छ । प्रलोभनमा पारिएका युवाहरुको अनुसार टर्कीमा भुकम्प पीडितहरुको घर बनाउने कामका लागि नेपाली कामदारहरुको माग भएको छ । १८ महिनाको लागि काममा लैजाने र युएनले लैजान खोजेको हुनाले आकर्षक सेवा सुविधा सहित तलब हुने प्रलोभन देखाइएको छ । उक्त रोजगारमा जान चाहेकाहरुसँग ४ लाख प्रतिव्यक्ति लागत लाग्ने समेत जानकारी गराइएको छ । 

वैदेशिक रोजगार ऐन २०६४ अनुसार म्यानपावरले सरकारसँग पुर्व स्वीकृति नलिई कामदार भर्ति गर्न तथा मेडिकल गराउन समेत पाउदैन । स्वीकृतिनै नभएको अवस्थामा रोजगारमा जाने प्रलोभनमा परेका युवाहरुलाई किन मेडिकल गराएको भन्ने प्रश्नमा सम्बन्धित बसुन्धारा स्थित मेडिकल सेन्टरले म्यानपावरले पठाए अनुसार आफूहरुले मेडिकल गराईदिएको जानकारी दिएको छ । उक्त मेडिकलले आफूहरुले आफ्नो मेडिकलमा आएकाहरुसँग प्रतिव्यक्ति चार हजार पाँच सय लिएर मेडिकल गर्दै पठाएको जनाएको छ तर युवाहरुलाई मेडिकल गर्न पठाउने म्यानपावर कम्पनीले सरकारसँग स्वीकृति लिए/नलिएको जानकारी आफूलाई नहुने स्पष्टिकरण दिएको छ । 

* प्रकाशिक समाचारको सम्बन्धमा सम्बन्धित म्यानपावरले पठाएको खण्डन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै