असोज ७, चितवन । भरतपुर अस्पतालमा पछिल्लो समयमा ठूला करोडौँ मूल्यका भवन निर्माणसँगै सेवा सुविधा विस्तार तथा आधुनिक प्रविधिको प्रयोग बढाउन थालिएको छ।

आकस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ७, चितवन । भरतपुर अस्पतालमा पछिल्लो समयमा ठूला करोडौँ मूल्यका भवन निर्माणसँगै सेवा सुविधा विस्तार तथा आधुनिक प्रविधिको प्रयोग बढाउन थालिएको छ।

आकस"/>

2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुर अस्पतालमा सेवा विस्तार तीव्र, आधुनिक शवगृह निर्माण

September 23, 2016

असोज ७, चितवन । भरतपुर अस्पतालमा पछिल्लो समयमा ठूला करोडौँ मूल्यका भवन निर्माणसँगै सेवा सुविधा विस्तार तथा आधुनिक प्रविधिको प्रयोग बढाउन थालिएको छ।

आकस्मिक कक्षलाई पुनःनिर्माण गरी आधुनिक सफा र बिरामीमैत्री बनाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासैनीले जानकारी दिए।

अस्पतालको आकस्मिक कक्ष संरचनागत कमजोरीका कारण सन्तोषजनक नभएको गुनासा आएपछि अस्पतालले आकस्मिक कक्षमा सुधार गरी नयाँ रुप दिएको छ।

आकस्मिक कक्षमा सेन्ट्रल अक्सिजन आपूर्ति, भेन्टिलेटर, डिफ्रिबेलेटर, एसीसहित कक्षका लागि आवश्यक आधारभूत उपकरण र जनशक्तिको व्यवस्थापन गरिएको अस्पतालका मेसु डा द्रप्रसाद मरासिनीले जानकारी दिए।

यसअघि आइसियु, पोस्ट अपरेटिभ वार्ड, शल्यक्रिया कक्षमा समेत सेवा सुविधा विस्तार गरी प्रविधिमैत्री बनाइएको छ।

आइसियुलाई आधुनिक प्रविधि प्रयोग गरेर क्षमता विस्तार गरी २८ श्ययाको बनाइएको छ। विसं २०६६ मा सात बेडबाट आइसियु सुरु भएको थियो।

स्तरीय र आधुनिक श्ययाको समेत व्यवस्था गरिएको भरतपुर अस्पतालका अध्यक्ष विजय सुवेदीले जानकारी दिए। उनका अनुसार वृद्धवार्ड र पोस्ट अपरेटिभ वार्डलाई समेत विस्तार गरिएको र एकै ठाउँबाट छवटा सम्म शल्यक्रिया गर्न मिल्ने गरी शल्यक्रिया कक्षसमेत आधुनिक बनाइएको छ।

यही वर्षबाट भरतपुर अस्पतालमा सिटी स्क्यान ल्याउने कामसमेत सुरु भएको छ। भरतपुर अस्पतालले ‘ए’ र ‘बी’ ब्लकको निर्माण पूरा गरेसँगै ‘सी’ ब्लक भवन निर्माणसमेत सुरु गरेको छ। यसका लागि २८ करोड ८२ लाख रकम सरकारबाट स्वीकृत भएको अस्पताल विकास समितिले जनाएको छ।

भवनमा नेपाल सरकारको ८० प्रतिशत लगानी हुनेछ भने, भरतपुर अस्पतालको २० प्रतिशत लगानी हुनेछ।

भवनको तल्लो भुइँतलामा सिटी स्क्यान, एमआरआई, ल्याब, हिस्टोप्याथोलोजी, एक्स–रे, ल्याब, इसिजी, इको, कोलोनोस्कोपी, सिस्टोसकोपी, ब्रोङ्कोसकोपीलगायतका सेवा सुविधा उपलब्ध हुनेछ। अस्पतालमा सर्जिकल, न्युरो र कार्डियोलोजी विभाग रहेका छन्।

आधुनिक शवगृह निर्माण

सरकारी अस्पतालमध्येमै राजधानी बाहिर सुविधायुक्त मानिने चितवनको भरतपुर अस्पतालमा चार वर्षको अन्तरालपछि शवगृह निर्माण सम्पन्न भएको छ।

कलेज अफ मेडिकल साइन्सेज भरतपुर, चितवनको सहयोगमा व्यवस्थित शवगृह निर्माण भएको भरतपुर अस्पताल विकास समितिले जनाएको छ।

यसअघि पटकपटक शवगृह निर्माणका विषयमा भरतपुर अस्पताल र मेडिकल कलेजबीच मतान्तर हुँदा शवगृह अलपत्र अवस्थामा थियो। निर्माण सम्झौताका विषयमा विवाद हुँदा लामो समय शवगृह निर्माणको काम रोकिएको भरतपुर अस्पतालले समेत स्वीकार गरेको छ।

पछि अस्पताल विकास समितिले दिएको दबाबका कारण शवगृह निर्माण सम्पन्न भएको अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदीले जानकारी दिए।

यसअघि अस्पतालको मूलद्वारमै शवगृह हुँदा दुर्गन्ध फैलिँदै आएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ : हर्कराज राई सुनचाँदीको मूल्य घट्यो यदि कसैलाई नियतमा शङ्का छ भने छानबिन समिति बनाएर अध्ययन गर्दा हुन्छ: अर्थमन्त्री वाग्ले