2026-10-24 05:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बेरोजगारी र गरिबीका कारण दैनिक सयौं अफगान विदेश पलायन हुन बाध्य

चैत २०, काबुल | तालिबानको शासनकालमा अफगानिस्तानमा गरिबी र बेरोजगारीको उच्च दरका कारण त्यहाँका बासिन्दाहरू रोजगारी खोज्न देश छोडेर विदेश जान बाध्य हुने गरेका टोलोन्यूजले जनाएको छ । 

त्यहाँका नागरिकले आफ्नो परिवारको पेट पाल्नका लागि गैरकानुनी रूपमा रोजगारीका लागि विदेश पलायन हुन बाध्य भएको बताएका छन् ।

सन् २०२१ को अगष्टमा तालिबानले अफगानिस्तानमाथि कब्जा जमाएपछि देशमा मानवीय सङ्कट धेरै गुणा बढेको छ । तालिवानको कडा प्रतिबन्धका कारण मानिसहरू बाँच्नका लागि देश छोडेर विदेशिनु परेको हो । 

हेरातका बासिन्दा अब्दुल खालिकले देशको दयनीय अवस्था र आर्थिक मन्दीप्रति दुःख व्यक्त गर्दै भन्नुभयो, “मलाई अफगानी सौर्य वर्ष १३९१ देखि अहिलेसम्म १६ पटक निर्वासित गरिएको छ । हामी कमजोर छौं र समस्यासँग जुधिरहेका छौं र हामीलाई बाहिर जान बाध्य पारिएको छ ।”  

टोलोन्यूजका अनुसार बाघलाननिवासी नादिर आफ्नो पाँच जनाको परिवारका साथ अवैध रूपमा सीमा पार गरेर इरान जान खोजिरहेका छन् । 

नादिरले भन्नुभयो, “यदि अफगानिस्तानमा रोटीको टुक्रा पाउन सकिन्थ्यो भने हामी किन अन्य देशमा जान्थ्यौं, हामी किन आफूलाई विस्थापित गरेर यो कठिन र खतरनाक बाटोमा जान्छौं?” 

नादिरका छोरा ताहिरले भन्नुभयो, “मेरी आमा अपाङ्ग भइसक्नुभएको छ र मैले उहाँको उपचारको लागि केही पैसा कमाउन विद्यालय जान छोडेको छु ।” 

तालिवानका शरणार्थी तथा स्वदेश फिर्ती मन्त्री खलील रहमान हक्कानीले मानव तस्करले अफगान गरिब जनतालाई देश छोड्न उक्साउने गरेको दाबी गरेका छन् । 

तालिवान नेतृत्वको सरकारले अफगानिस्तानमा सत्ता आफ्नो नियन्त्रणमा लिएपछि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्गठनहरूले यस समूहको दमनको नीतिको आलोचना गर्दै आएका छन् । 

यसले गरिबी, बेरोजगारी र अतिवादलाई बढावा दिने, आतङ्कवादीहरूलाई प्रश्रय दिने र विश्व शान्ति र सुरक्षालाई खतरामा पार्ने उनीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने