पूर्णप्रसाद न्यौपाने/असोज ७, ओखलढुंगा । ओखलढुंगा जिल्लाका दर्जनौं सरकारी कार्यलय प्रमुख विहिन भएका छन । 

केहि समय यता कार्यालय प्रमुखहरु केहि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णप्रसाद न्यौपाने/असोज ७, ओखलढुंगा । ओखलढुंगा जिल्लाका दर्जनौं सरकारी कार्यलय प्रमुख विहिन भएका छन । 

केहि समय यता कार्यालय प्रमुखहरु केहि"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगाका दर्जनौं सरकारी कार्यलय प्रमुख विहिन

७ आश्विन २०७३, शुक्रबार १२:४६


पूर्णप्रसाद न्यौपाने/असोज ७, ओखलढुंगा । ओखलढुंगा जिल्लाका दर्जनौं सरकारी कार्यलय प्रमुख विहिन भएका छन । 

केहि समय यता कार्यालय प्रमुखहरु केहि विदामा बसेको र केहि विभिन्न काम लिएर राजधानी सहित बाहिरी जिल्लामा गएसँगै यतिबेला जिल्लाका दर्जनौँ सरकारी कार्यलय प्रमुख विहिन अवस्थामा रहेको पाईएको हो । 

प्रहरी कार्यालय, वन कार्यालय, जिल्ला विकास समिति, जिल्ला भु संरक्षण,जिल्ला खानेपानी, आयुर्वेद स्वास्थ्य केन्द्र,शहरी विकास तथा भवन निर्माण डिभिजन,सिँचाई विकास सव डिभिजन,मालपोत, जिल्ला पशुसेवा कार्यालय,लगाएतका दर्जनौ सरकारी कार्यालय साता भन्दा बढि समय यता देखि यो समाचार तयार पार्दा सम्म निमीक्तका भरमा सञ्चालन भईरहेका छन् । कार्यलयका प्रमुखहरु कोहि विदामा,कोहि काजमा र धेरैजसो जिल्ला बाहिर भ्रमण र गोष्ठीमा गएकाले सेवाग्राही मर्कामा परेका छन् । 

कतिपय निर्णय र निर्देशन कार्यालय प्रमुखले मात्रै गर्न सक्ने भएकाले आफुले अख्तियारी नपाएका निर्णयहरु गर्न नसकेर सेवाग्राहिलाई फर्काउने गरेको नाम नबताउने सर्तमा एक निमीक्त कार्यालय प्रमुखले बताएका छन् । सिद्धिचरण नगरपालिकामा भने नयाँ प्रमुख हाजिर हुन नआएका कारण लामो समय देखि नगरपालिका निमीक्तकै भरमा सञ्चालनमा छ ।

भूकम्पकोे अनुदान बुझ्न गाँउ गाउँ देखि सदरमुकाम आएका नागरिकले अन्य सेवा समेत लिने योजना बनाएर आएको भएपनि कतिपय कार्यालयबाट सेवा लिन नसकेको गुनासो गरेका छन् । कतिपय सेवाका विषयमा कार्यालय प्रमुखसँग गुनासो दर्शाउँदै आवश्यक सरसल्लाह गर्नुपर्ने भएपनि प्रमुख नहुँदा त्यो सम्भवन नभएको सेवाग्राहिको दुखेसो छ । 

यता प्रमुखहरु कार्यालयमा नहुँदा निमीक्तका भरमा चलेका कार्यालयका कर्मचारीहरु पनि कार्यालय समयमा कार्यालयमा नभेटिएको सेवाग्राहिहरुले बताएका छन् । प्रमुख नहुँदा कार्यालय समयमै कर्मचारीहरु र कार्यालय सहयोगिहरु दिनभर अन्य कार्यालय र बजारक्षेत्रमा घुमेर बस्ने गरेको समेत पाईएको छ ।

यसैविच एकै पटक धेरै कार्यालयहरु निमित्तका भरमा छोड्नु भन्दा कार्यालय प्रमुखहरुले समन्वय गरेर विदामा बस्नु उचित हुने सरोकारवालाहरुले बताएका छन् । यता प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले भने लामो समय कार्यालय प्रमुखहरु विदामा नबसेको र जिल्ला बाहिर रहेका प्रमुखहरु पनि आफुसँगको समन्वयमा रहेको भन्दै केहि समस्या भएपनि सेवा प्रवाह ठप्प भने नभएको दावी गर्नुभयो । केहि कार्यालय प्रमुखहरु भने जिल्ला आउँदै गरेको जानकारी प्राप्त भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने