2026-06-30 05:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

उडिरहेको जहाजको ककपिटमा सर्प देखिएपछि…

एजेन्सी | दक्षिण अफ्रिकाका एक पाइलटले ११ हजार फिट उचाइमा उडिरहेको एउटा जहाजको ककपिटमा विषालु कोब्रा देखेपछि आकस्मिक अवतरण गरेका छन् ।

ब्लोमफन्टेनबाट प्रिटोरियाको लागि जहाज उडाइरहेका दक्षिण अफ्रिकाका पाइलट रूडोल्फ इरास्मसले ककपिटमै कोब्रा सर्प देखेपछि आकस्मिक अवतरण गरेका हुन्। पाइलटको सिटमुनि गोमन सर्प घुमिरहेको थियो। पाइलट रूडोल्फले आफ्नो पिठ्यूँमा चिसो-चिसो मशसुश गरेका थिए। सुरूमा उनले यो पानीको बोतल होला भनेर वास्ता गरेनन्।


‘मलाई सुरूमा चिसो र घस्रिरहेको जस्तो लागेको थियो। पानीको बोतल राम्रोसँग बन्द गरेको रहनछु र पानी पोखियो भन्ने लागेको थियो,’ उनले भने, ‘जब मैले बायाँतिर फर्केर तल हेरेँ, त्यहाँ एउटा कोब्रा थियो। उसले सिट भित्र आफ्नो टाउको राख्न खोजिरहेको थियो।’  ‘इमानदारीपूर्वक भन्नुपर्दा के भइरहेको थियो मेरो दिमागले बुझ्न सकेको थिएन,’ रुडोल्फले बीबीसीसँग भने, ‘यो एकदमै डरलाग्दो क्षण थियो।’

सर्प देखेपछि उनले जहाजलाई आकस्मिक अवतरण गराएका थिए। यदि सर्पले टोकेको भए ३० मिनेटमै मृत्यु हुने भए पनि पाइलट रूडोल्फ इरास्मसले विमानमा आतंक मच्चाउन नचाहेको बताए। यसबीचमा उनी निकै डराएका थिए।

‘सर्प पछाडि सरेर बाँकी यात्रुमा त्रास फैलिन सक्छ’ भन्ने उनलाई डर थियो। उनले यात्रुहरूलाई यसको बारेमा जानकारी दिए।

‘सुन्नुहोस्, जहाजभित्र एउटा सर्प छ, त्यो मेरो सिटमुनि छ। त्यसैले जतिसक्दो छिटो जहाज अवतरण गर्ने प्रयास गरौं,’ उनले यात्रुहरूलाई भने।

यात्रुको प्रतिक्रिया कस्तो रह्यो भन्ने प्रश्नमा रुडोल्फले जहाजमामा पूर्ण सन्नाटा छाएको बताए। पाइलटलाई धेरै किसिमका परिस्थितिका लागि तालिम दिइएको भए पनि ककपिटमा रहेका सर्पसँग कस्तो व्यवहार गर्ने भन्ने कुराको तालिम नदिइएको बताए।

उनले वेलकम सिटीको विमानस्थलमा जहाजलाई आकस्मिक अवतरण गराएका थिए। त्यहाँ काम गर्ने दुई जनाले जहाजमा अगाडि नै सर्प देखेको बताएका थिए। नियन्त्रणमा लिन खोज्दा नसकिएको उनीहरूको भनाइ थियो।

पाइलट रूडोल्फले जहाजमा चढ्नुअघि सर्प खोज्ने प्रयास गरेको बताए। ‘दुर्भाग्यवश त्यतिबेला सर्प फेला परेन। त्यसपछि हामी सबैले सर्प भागेको भन्ने अनुमान गर्‍यौं,’ उनले भने।

दक्षिण अफ्रिकाको नागरिक उड्डयन विभागका आयुक्त पोप्पी खोसाले पाइलट रुडोल्फको प्रशंसा गरेका थिए। उनले पाइलटले अद्भूत काम गरेर जहाजमा सवार सबैको ज्यान बचाएको बताए।

‘पाइलटले अद्भुत काम गरेर विमानमा सवार सबैको ज्यान बचाए,’ उनले न्युज २४ वेबसाइटसँग कुराकानी गर्दै भने ।

पाइलट रुडोल्फ भने आफूले गरेको काम खास नभएको बताउँछन्। यसमा शान्तपूर्वक बस्ने यात्रु पनि उत्तिकै प्रशंसनीय भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ