१० मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

चीन– अमेरिका तनावः हडसन इन्स्टिच्युट, रेगन पुस्तकालय र अन्य संस्थाका पदाधिकारीमाथि प्रतिबन्ध

२४ चैत्र २०७९, शुक्रबार ०६:३५

चैत २४, काठमाडौँ | चीनले अमेरिकाको क्यालिफोर्निस्थित हडसन इन्स्टिच्युट, रेगन पुस्तकालय र अन्य संस्थाका पदाधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ ।

ताइवानका राष्ट्रपति साई इङ वेन र अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीबीच गत बुधबार भेटवार्ताको चाँजोपाँजो मिलाएका ती संस्थाका पदाधिकारी चीनको कोपभाजनको शिकार भएका हुन् । 

चीनको चेतावनीलाई वेवास्ता गर्दै सभामुख म्याकार्थी र राष्ट्रपति साईले दक्षिण अमेरिकी मुलुकको भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा क्यालिफार्नियामा भेटवार्ता गर्नुभएको थियो । 


चिनियाँ विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी रेगन पुस्तकालय, हडसन इन्स्टिच्युट र वासिङ्टन थिङ्क ट्याङ्कले ताइवान पृथकतावादी गतिविधिलाई बढावा दिएकाले ती संस्था र तिनका पदाधिकारीमाथि प्रतिबन्ध लगाइएको जनाएको छ । साथै मन्त्रालयले कुनै पनि चिनियाँ संस्था र तिनका पदाधिकारीलाई ती अमेरिकी संस्था र तिनका पदाधिकारीलाई सहयोग वा सम्पर्क गर्न निषेध गरेको छ । 

सन् १९४९ को गृहयुद्धपछि चीनबाट अलग भएको स्वतन्त्र टापु ताइवानलाई आफ्नो अविभाज्य भूमिका रुपमा दाबी गर्र्दै बेइजिङले आवश्यक परेमा बल प्रयोग गरेर मुख्यमूमिमा गाम्नसक्ने बताउँदै आएको छ । ताइपेइसँग औपचारिक सम्बन्ध कायम नगरे पनि संयुक्त राज्य अमेरिकाले ताइवानसँग अनौपचारिक सम्बन्धलाई विभिन्न माध्यमबाट निरन्तरता दिइरहेको छ । 

गत वर्ष तत्कालीन सभामुख न्यान्सी पिलोसीले ताइवानको भ्रमण गरेर चीन–अमेरिका सम्बन्धलाई जटिलतातर्फ धेकेल्न मलजल गर्नुभयोभने चिनियाँ प्रविधि, सुरक्षा, हङकङ मामिला, मानवअधिकार, चीनका मुस्लिम जातीय अल्पसङ्ख्यकप्रति बेइजिङको व्यवहारलाई लिएर कटु आलोचना गर्न नचुक्ने वासिङ्टनका कारण चीन र अमेरिकाबीचको सम्बन्ध दिन प्रतिदिन तनावपूर्ण बन्दै गएको छ । 

चीनको सार्वभौमसत्ता र अखण्डतालाई कमजोर बनाउने कुनैपनि गतिविधि सह्य नहुने दोहो¥याउँदै बेइजिङले ताइवानले कुनै पनि विदेशीसँग सम्बन्ध स्थापना एवम् सञ्चालन गर्न नसक्ने बताउँदै आएको छ । बेइजिङको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध कायम गर्न पाउँदैनन् ।  

सन् १९७९ मा वासिङ्टनले बेइजिङसँग कूटनीतिक सम्बन्ध स्थापना गरे पनि ताइपेइको अन्तरराष्ट्रिय सहयोगी एवम् साझेदारका रूपमा वासिङ्टन उभिएको छ । अमेरिका नै ताइवानको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता पनि भएको छ । यस्तो पृष्ठभूमिमा रहेको ताइवान र अमेरिकाबीचको सम्बन्ध अनौपचारिक भए पनि औपचारिक सम्बन्ध जत्तिकै महत्वपूर्ण एवम् अर्थपूर्ण रहेको अमेरिका–ताइवान सम्बन्धबारे अध्ययन गरिरहेका जेम्स ली बताउँछन् । 

चीन सरकारले विदेशी अधिकारीहरूसँगको सम्पर्कले औपचारिक स्वतन्त्रता चाहने ताइवानीलाई प्रोत्साहन गर्ने बताउँदै त्यस्ता अवाञ्छित गतिविधिले युद्ध निम्त्याउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री ओलीले चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता नगर्ने निगमका पाइलटहरू सल्लाह गरेरै ‘ड्युटी’ नआएपछि… बुवाको हत्या गरेर छोरा फरार प्रधानमन्त्रीको चीन भ्रमण : माधव नेपालले ओलीलाई दिए यस्तो सुझाव स्थानीय तहमा युवाहरु सक्रिय भए दलहरुलाई टाउको दुख्छ: युवराज खड्का युवा अभियन्ता सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता पत्र नबुझेपछि महानगरले हुलाक र इमेलमार्फत एमालेलाई पठायो १ लाख जरिवानाको चिट्ठी धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण (फाेटाेफिचर) उदयपुरमा घरभित्रै घुसेर कारले ठक्कर दिँदा ४५ वर्षीया कमलाको घटनास्थमै मृत्यु ओलीले गरे एनपीएलको ट्रफी सार्वजनिक, खेलाडीहरुको गरे तारिफ आज एकैदिन १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, कसरी भयो यतिधेरै गिरावट ? वायु प्रदूषण बढेको पाइएपछि प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागले गरे आग्रह प्रिमियर लिगमा साउथ ह्याम्पटनलाई हराउदै लिभरपुलको जित चीन भ्रमणबारे परामर्श लिन प्रधानमन्त्री ओलीले बोलाए बैठक सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन प्रधानमन्त्री ओलीद्वारा आज एनपिएलको ट्रफी सार्वजनिक मौसम : देशको केही भूभागमा वर्षाको सम्भावना दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्नअदालतले दियो अनुमति रुखले च्यापिएर एकको मृत्यु, दुई घाइतेको हेलिकोप्टरबाट उद्धार गरिँदै