२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इयुद्वारा इजरायलमा भएको आक्रमणको निन्दा:- संयम अपनाउन आग्रह

२०७९, २५ चैत्र शनिबार १०:१३

चैत २५, ब्रसेल्स | युरोपेली सङ्घले शनिबार इजरायलमा भएको घातक हमला र लेबनानबाट प्रहार गरिएको रकेट ब्यारेजको निन्दा गरेको छ । 

सङ्घले सबै पक्षलाई “संयम” अपनाउनका लागि आह्वानसमेत गरेको छ । “ईयुले यस किसिमका हिंसापूर्ण गतिविधिको पूर्णनिन्दा गर्दछ । हिंसा बन्द हुनुपर्छ”, ब्लाकका विदेश नीति प्रमुख जोसेप बोरेलले इजरायलमा शुक्रबारको आक्रमणपछि विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन् ।

कब्जा गरिएको वेस्ट बैंकमा गोली हानाहानमा १६ र २० वर्षका दुई बेलायती–इजरायली दिदीबहिनीको मृत्यु भएको र आमा गम्भीर घाइते भएकी छिन् भने तेल अवीभमा साइकल चलाउने बाटोमा हिँडिरहेका मानिसलाई कारले ठक्कर दिँदा एकजना इटालियन पर्यटकको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।

बोरेलले गाजा पट्टी र लेबनानबाट भएको “अन्यधुन्ध”रकेट फायरको पनि निन्दा गरेका  छन् । 

यसैगरी जेरुसेलमको अल–अक्सा मस्जिदभित्र बुधबार इजरायली प्रहरी र प्यालेस्टिनीबीच झडप भएको हुँदा इजरायलले गाजा र लेबनान दुबैमा प्यालेस्टाइनी लडाकुले रकेट फायर गरेपछि इजरायलले बमबारी गरेपछि हिंसा बढेको बताएको छ ।

बोरेलले सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गर्दै तनाव कम गर्न र  जारी धार्मिक विवाद शान्त पार्न पनि आग्रह गरेका छन् ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा