२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

६२ वर्षीय वडा सदस्यले दिए एसईई

२०७९, २६ चैत्र आईतवार ०६:३४

चैत २६, पाँचथर | पाँचथरको हिलिहाङ गाउँपालिका–७ का निर्वाचित वडा सदस्य सुनमान तामाङले ६२ वर्षको उमेरमा एसईई दिएका छन् । उनले अमरपुर मावि अमरपुबाट ग्रेडवृद्धिका लागि एसईई परीक्षा दिएका हुन् । अमरपुर माविबाट परीक्षा फारम भरेका तामाङ श्रीजंघ मावि गोपेटारबाट परीक्षामा सामेल भएका हुन् ।

२०१७ साल साउन १७ गते जन्मिएका तामाङ २०७४ र २०७९ का स्थानीय तह निर्वाचनमा हिलिहाङ–७ को वडा सदस्यमा निर्वाचित भएका थिए । २०७४ मा निर्वाचित तत्कालीन वडाध्यक्ष्य तीर्थराज मिश्रको निधनपछि उनी झन्डै डेढ वर्ष कार्यवाहक वडाध्यक्ष भएका थिए ।


एसईई परीक्षाको अन्तिम दिन अनुगमनका लागि शिक्षा शाखाका कर्मचारीसहित श्रीजंघ मावि पुगेका हिलिहाङ गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारी परीक्षा लेखिरहेका वडा सदस्य तामाङलाई देख्दा छक्क परे । ‘तामाङको यो उत्साहले पढ्ने चाहनालाई उमेरले छेक्दैन भन्ने उखान पुष्टि गरेको भन्दै बधाई र शुभकामना दिएर फर्किएँ,’ अधिकारीले भने ।

शिक्षक, कर्मचारी र बुद्धिजीवी मात्रै नभएर जनप्रतिनिधिको क्षमता मापनका लागि शैक्षिक योग्यता महत्त्वपूर्ण सूचक भएकाले यो उमेरमा ग्रेडवृद्धिका लागि एसईईमा सहभागी भएको उनले बताए ।

‘एसईईमा राम्रो ग्रेड आए प्लस टु पनि पढ्छु,’ तामाङले आइतबार एसईई लेखिसकेपछि परीक्षा केन्द्रबाट बाहिरिँदै भने । गत वर्ष दिएको एसईई परीक्षामा १.६ जीपीए नपुगेका कारण ग्रेडवृद्धिका लागि पुनः परीक्षामा सामेल भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण