२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आज पनि उठेन सिंहदरबारको फोहोर

२०७९, २७ चैत्र सोमबार ११:४२

चैत २७, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्देशनपछि आइतबारबाट उठ्न छोडेको सिंहदरबारको फोहोर आज पनि उठ्न सकेको छैन ।  सङ्घ सरकारले आफूलाई नागरिकका समस्या समाधानमा सहयोग नगरेको आरोप लगाउँदै मेयर साहले सिंहदरबार, बालुवाटार र शितल निवासको फोहोर नउठाउन परिवर्तन सेवा प्रालिका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । आइतबार बिहान सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै मेयर साहले सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्पिङ गर्नुपर्ने र आइतबारबाट सिंहदरबारको फोहोर नउठाउने भनेका थिए । 

उनको सो अभिव्यक्तिपछि राजनीतिक दलका नेताहरूले उनको विरोध गरेका छन् । राजनीतिक दलका नेताहरूले जिम्मेवार पदमा बसेर गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै मेयर साहको विरोध गरेका हुन् । आइतबारबाट उठ्न छोडेको सिंहदरबार परिसरको फोहोर सोमवार पनि उठेको छैन ।  सिंहदरबारबाट फोहोर नउठाएपछि अहिले सिंहदरबारको फोहोर पुतली बगैँचामा थुपारिएको छ । विज्ञहरूले यसलाई सङ्घ सरकार केन्द्र सरकार बीचको टकराब फोहोरका कारण सिंहदरबारबाट सुरु भएको बताउँदै आएका छन् । महानगरको गैरजिम्मेवारीपना प्रति केन्द्र सरकारले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने