2026-07-25 02:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वैवाहिक बलात्कारको आरोपमा न्यायाधीश गिरीलाई हुनसक्छ पाँच वर्ष जेल

चैत २९, काठमाडौँ | न्यायापरिषदका न्यायाधीश भुवन गिरीकी पत्नी आफूलाई श्रीमानले जोर–जबरजस्ती गरेको बताएपछि हिजो प्रहरीले उनलाई पक्राउ गरेको छ । काठमाडौं गोंगबुबाट उनलाई पक्राउ गरेर कपिलवस्तु पठाइएको छ ।

गिरीमाथि उनकी कान्छी श्रीमती आरती रावलले जाहेरी दिएकी थिइन् । आफूमाथि बलात्कार गरेको, कुटपिट गरेको, बन्धक बनाएको लगायतका आरोपहरु उनले लगाएकी छन् । नेपालको कानूले विवाह गरेकी श्रीमतीलाई पनि यदि निजको इच्छाविपरित यौनसम्वन्ध राखेमा त्यसलाई बलात्कार मान्छ ।

नेपालमा वैवाहिक बलात्कारको कानून निर्माण गरिएको धेरै भएको छैन । २०७५ भदौ १ गतेदेखि लागू भएको ‘मुलुकी अपराध संहिता ऐन–२०७४’ ले पहिलो पटक वैवाहिक बलात्कारमा सजायको व्यवस्था गरेको हो । सो ऐनको दफा २१९ को उपदफा ४ अनुसार वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुने छ । तर, ऐनअनुसार पतिसँग मानो छुट्टिई अंश मुद्दा चलेको, पतिसँग अंश लिई छुट्टै बसेको, पतिसँग सम्बन्ध विच्छेद मुद्धा चलेको अवस्थालाई ‘वैवाहिक सम्बन्ध कायम रहेको’ मानिँदैन ।

यस्तो अवस्थामा पीडितको निवेदन मागबमोजिम आवश्यक भएमा अदालतले पत्नीलाई निज बस्दै आएको घरमा नै बसोबास गर्न दिन, पत्नीलाई खाना लगाउन दिन, कुटपिट नगर्न तथा शिष्ट र सभ्य व्यहार गर्न आदेश दिन सक्नेछ । पत्नीलाई आवश्यक उपचार गराउन वा उपचारका लागि उपयुक्त रकम दिन लगाउन पनि सक्नेछ ।

दुवैलाई एकै ठाउँमा बसोबास गर्न उपयुक्त हुने नदेखिएमा पत्नीलाई अलग बस्ने व्यवस्था गर्न तथा त्यसरी अलग बस्दा पत्नीको भरणपोषणका लागि आवश्यक व्यवस्था गर्न लगाउने सक्नेछ । पत्नीलाई कुनै प्रकारले दुख दिने वा सताउने कार्य नगर्न र पत्नीको हित र सुरक्षाका लागि आवश्यक र उपयुक्त कुरा गर्न गराउन सक्नेछ ।

गिरी र रावलको सम्वन्धविच्छेको मुद्दा पनि चलिरहेको छ । रावलले सो मुद्दा दायर भइसकेपछि पनि आफूलाई श्रीमानले जबरजस्ति सम्वन्ध राखेको बताएकी छन् । अस्तिको दिन पनि आफ्नै कोठामा आएर गिरीले रातभर बलात्कार गरेको उनको दावी छ । यस विषयमा उनले छुट्टै जाहेरी दिँदैछिन् । यदि यो आरोप प्रमाणित भयो भने गिरीले अझै कठोर सजाय पाउनेछन् ।

गिरीले जेठी श्रीमतीलाई अंश दिए पनि औपचारिक सम्वन्धविच्छेद गरेका छैनन् । आरतीसँग उनले विवाह गरे पनि बच्चा जन्माएका छैनन् । श्रीमानको दवावमा पटक–पटक आफूले गर्भपतन गराएको आरतीले बताएकी छन् । जेठी श्रीमतीपट्टिबाट रावलका ४ जना सन्तान छन् । कान्छी श्रीमतीको गर्भपतन गराएपछि गिरीले आफ्नो स्थायी बन्ध्याकरण गरेका थिए । सन्तानको चाहमा रहेकी रावले श्रीमानले बन्ध्याकरण गरेको थाहा पाएपछि तनावमा परेकी थिइन् । आफूलाई यौनइच्छा पूर्तिको साधन मात्र बनाएको महसुस गरेपछि उनी श्रीमानविरुद्ध जाहेरी लिएर प्रहरीमा पुगेकी हुन् ।

गिरीले चाहीँ आरतीमाथि चोरीको मुद्दा लगाएर प्रहरीमा काउन्टर उजुरी दिएका छन् । आफ्नो घरबाट पैसा चोरेर भागेको भन्दै गिरीले दिएको उजुरीमाथि पनि प्रहरीले एकसाथ अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक