2026-09-07 07:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

कतार र बहराइनबीच कूटनीतिक सम्बन्ध स्थापनाको सहमति

चैत ३०, काठमाडौँ | लामो समयदेखिको कूटनीतिक विवाद अन्त्य गर्दै आपसी सम्बन्ध पुनः स्थापना गर्न कतार र बहराइन सहमत भएका छन् । दवै देशले बुधवार अबेर उक्त घोषणा गरेका हुन् ।

सन् २०१७ मा साउदी अरब, संयुक्त अरब इमिरेट्स र इजिप्टसँगै बहराइनले कतारमाथि एकै साथ कूटनीतिक नाकाबन्दी लगाएका थिए । खाडी क्षेत्रका चरमपन्थी सङ्गठनहरूलाई समर्थन गरेको र इरानसँग धेरै नजिक भएको आरोप लगाउँदै ती देशले कतारमाथि नाकाबन्दी लगाएका थिए । चारै देशले कतारी विमान र जहाजलाई आफ्नो हवाई र जलक्षेत्र प्रयोगमा पनि प्रतिबन्ध लगाएका थिए ।

साउदीमा रहेको खाडी सहयोग परिषद्को मुख्यालयमा भएको वार्तामा मेलमिलापसम्बन्धी सहमति भएको कतारको विदेश मन्त्रालयले जनाएको छ । कतारी विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी संयुक्त राष्ट्र सङ्घको बडापत्रको सिद्धान्तअनुसार दुई देशबीचको कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्ने निर्णय भएको जनाएको हो । 

द्विपक्षीय सम्बन्ध विकासका साथै खाडी राष्ट्रबीचको एकता र एकीकरण बढाउने आपसी चाहनाअनुसार दुवै देशबीच उक्त सहमति भएको कतारी विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । बहराइनको विदेश मन्त्रालयले पनि त्यस्तै आशयको वक्तव्य जारी गरेको छ । 

एक अर्काका कट्टर प्रतिद्वन्द्वी साउदी र इरानले सम्बन्ध तोडेको सात वर्षपछि गत महिना औपचारिक रूपमा सम्बन्ध पुनः सुरु गर्न सहमति जनाएपछि कतार र बहराइनबीच पनि मेलमिलाप भएको हो ।

जनवरी २०२१ मा भएको एक मेलमिलाप सम्झौताअनुसार बहराइन बाहेक तीनवटै देशले कतारसँग सम्बन्ध नवीकरण गरिसकेका छन् ।  यद्यपि संयुक्त अरब इमिरेट्स र कतारले एक अर्काका राजधानीमा आफ्ना राजदूतावास खोलेका छैनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित