संखुवासभा ८, असोज । संखुवासभाको धुपु गाविस—४ सुवेदी डाँडाका ४४ बर्षीय गोपाल दर्नालले आफ्नै सालो २८ बर्षीय अमृत सिगौरेलाई मादक पदार्थ सेवन गरि धारिलो हतियार प्रहार गरेका उनले आफै आत्महत्या गरेका छन ।
पहिले हम्मरले छातीमा हानेको र त्यसपछि खुकुरीले शरीरका विभिन्न भागहरुका गहिरो चोट हुने गरि काटेको स्थानीयले टंक विकले जानकारी दिए । सिगौरे रगताम्मे भई बेहोश भएर लडेपछि घटनास्थलको केही पर नाम्लोमा आफै झुण्डिएको भेटिएका थिए ।
मृतक भेना दर्नालको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल खाँदबारी लाईएको संखुवासभाका डिएस्पी गौतमकुमार केशीले जानकारी दिएका छन् । घाईतेको भने जिल्ला अस्पताल खाँदबारीमा उपचार भईरहेको डिएसपी केशीले बताए ।