2026-09-24 03:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

विदेशबाट फर्किएकाहरुलाई ठगि गर्ने दुईजना पक्राउ

वैशाख ३, काठमाडौँ । विदेशबाट फर्किएकाहरुलाई ठगि गर्ने दुईजना पक्राउ परेका छन् । ठगि गिरोहमा सक्रियहरुले आफूहरु पनि विदेशबाट आएको तर आफूसँग पासपोर्ट नभएको कारण बिदेशी रकम साट्न नसकेको बताई सुन तथा नेपाली नगद रकम ठग्ने गरेको पाइएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेहरुमा सिन्धुलि दुधौलि न.पा, १० सिर्थौलि घर भाई हाल मुलपानी बस्दै आएका ३६ बर्षिय जहरसिंह घिसिङ र ३४ बर्षिय पानसिंह घिसिङ रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार विदेशी मुद्रा दिने प्रलोभनमा पारी ठगि हुने गरेको गुनाशो प्राप्त भईरहेको अवस्थामा गत चैत १९ गते विदेशबाट आएका एक जनाले उजुरी दिएका थिए । ठगिमा पर्ने व्यक्तिलाई दुई जना अपरिचित व्यक्तिहरुले हामीसँग साउदी अरेवियन रियाल छ तर पासपोर्ट नभएका कारण साट्न नमिलेको भन्ने बहानामा ठगि गरेका थिए । प्रहरीलाई प्राप्त उजुरी अनुसार ठगिमा पर्ने व्यक्तिबाट ठगि गिरोहमा सक्रियहरुले ५० ग्रामको ब्रासलेट लिएर फरार भएका थिए । 

प्रहरीलाई प्राप्त हुलिया र सिसिटिभी फुटेजको सहयोगमा प्रहरीले ठगि गिरोहमा सक्रियहरुलाई चैत ३० गते चाबहिलबाट पक्राउ गरेर थप अनुसन्धानको लागि गौशाला प्रहरीलाई बुझाइएको जनाएको छ । प्रहरीले पक्राउ पर्नेहरु यस अघि पनि यस्तै प्रकृतिको ठगीमा सक्रिय रहेको हुनसक्ने तर्फ समेत अनुसन्धान भईरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट