२०८३, १ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

कतारले सन् २०२३ मा ५० लाखभन्दा बढी पर्यटक भित्र्याउने अपेक्षा, के-के छ तयारी ?

२०८०, ३ बैशाख आईतवार १६:४९

वैशाख ३, दोहा । रासस/एएफपी । विश्वकपपछि केही सुनसान देखिए पनि सन् २०२३ मा ५० लाखभन्दा बढी मानिसले खाडी मुलुक कतारको भ्रमण गर्ने अपेक्षा गरिएको यहाँका पर्यटन प्रमुखले आइतबार बताउनुभएको छ । 

कतार एयरवेज र कतार पर्यटनका प्रमुख अकबर अल–बेकरले डिसेम्बर १९ मा भएको विश्वकप फाइनलपछि होटलहरू शान्त भएको स्वीकार्नुभयो ।  

तर उहाँले प्रतियोगितापछि हरेक विश्वकप आयोजकको अवस्था उस्तै रहने गरेको बताउँदै उहाँले कतारका होटलहरू अझै पनि ६५ देखि ७० प्रतिशत सम्म भरिभराउ रहेको बताउनुभयो ।

बेकरले सन् २०२३ को पहिलो त्रैमासिकमा ११ लाख ६० हजार पर्यटक कतारको भ्रमण अवलोकन गरेको पत्रकार सम्मेलनमा एएफपीसँग बताउनुभयो ।

सन् २०१९ मा कोरोना भाइरस महामारी अघि करिब २१ लाख पर्यटक आएका थिए । तुलनात्मक रूपमा, प्रतिद्वन्द्वी दुबईमा २०२२ मा एक करोड ४० लाखभन्दा बढी पर्यटकहरू भेला भएका थिए ।

आफ्नो प्राकृतिक ग्याँस सम्पत्तिमा निर्भरता अन्त्य गर्न कतारले पर्यटनका लागि पूर्वाधार र प्रमुख खेलकुद कार्यक्रमहरू आयोजना गर्न अरबौं डलर खर्च गरेको छ ।

सरकारले सन् २०३० सम्ममा वार्षिक ६० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । “मलाई लाग्छ, सन् २०२३ मा हामी लक्ष्यबाट धेरै टाढा हुनेछैनौं,” बेकरले एएफपीसँग भन्नुभयो । 

“फिफाका कारण हामीले आतिथ्य उद्योगमा धेरै पूर्वाधारहरू निर्माण गर्यौं र निःसन्देह पनि आगामी महिनाहरूमा होटेल प्रयोग दरहरू माथि जाने सुनिश्चित हामीले गर्दैछौं  ।

सन् २०२४ को अक्टोबर २ देखि मार्च २८ सम्म आयोजना हुने अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनीमा सहभागी हुने ३० लाख पर्यटकमध्ये करिब एक तिहाइ विदेशी पर्यटकले अवलोकन गर्ने अनुमान कतारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु