२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एनओसीको माग गर्दै विद्यार्थीहरू आन्दोलनमा

२०८०, ४ बैशाख सोमबार १०:२५

बैशाख ४, काठमाडौँ | ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ खारेजीको माग गर्दै विद्यार्थीहरूले प्रदर्शन थालेका छन् । निर्देशिका जारी भएसँगै एनओसी जारी गर्न रोकिएको थियो । जसले गर्दा आफूहरू मर्कामा परेको भन्दै विद्यार्थीहरूले बानेश्वरमा प्रदर्शन गरेका हुन् । 

'एनओसी खारेजी गर, भविष्य अन्यौलमा नपार सरकार' भन्दै विद्यार्थीहरूले स्वतस्फूर्त रूपमा प्रदर्शन गरेका हुन् । उनीहरूले शिक्षामन्त्रीको राजीनामा माग समेत गरेका छन् । आन्दोलन गर्नेमा विभिन्न इन्स्ट्युटहरूमा भाषा पढिरहेका विद्यार्थीहरू रहेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ जारी गरेको थियो । उक्त निर्देशिकाले पढ्नका लागि विदेन जाने विद्यार्थीहरूलाई कडाई गरेको छ ।

विशेषगरी भाषा र डिप्लोमा कोर्स अध्ययन गर्न जानका लागि उक्त निर्देशिकाले रोक लगाएको छ । निर्देशिका जारी भएसँगै विशेषगरी जापानमा पढ्न जाने विद्यार्थीहरू पूर्ण रूपमा रोकिएका छन् । त्यस्तै अस्ट्रेलिया, क्यानडा लगायतका देशमा समेत सीमित कोर्स तथा भाषा अध्ययनका लागि रोक लागेको छ । उक्त निर्देशिका विरोध शैक्षिक परामर्श क्षेत्रका विभिन्न सङ्घ संस्थाहरूले समेत विरोध गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण