२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

फिजीमा ६.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्पको धक्का

२०८०, ५ बैशाख मंगलवार ०९:२२

वैशाख ५, काठमाडौँ | टर्किएमा विनाश मच्चाएपछि अहिले फिजीमा शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यस भूकम्पको तीव्रता रिक्टर स्केलमा ६.३ मापन गरिएको छ ।

भूकम्पको धक्का यति शक्तिशाली थियो कि मानिसहरु त्रसित भएका थिए । फिजी दक्षिण प्रशान्त महासागरमा रहेको एउटा देश हो, जुन ३०० भन्दा बढी टापुहरूको द्वीपसमूह हो। जसमध्ये १०६ स्थायी बसोबास भएका छन् ।

एनसीएसका अनुसार बिहान १० बजेर १ मिनेट ४३ सेकेण्डमा भूकम्प गएको हो । यसको केन्द्र जमिन भित्र ५६९ किलोमिटर गहिरो थियो। एनसीएसले ट्वीट गर्दै भूकम्पबाट हालसम्म कुनै मानवीय क्षति नभएको जनाएको छ ।

अर्कोतर्फ युएसजीएसका अनुसार एक साताभित्र यो दोस्रो भूकम्प हो । यसअघि बिहीबार पनि फिजीमा भूकम्प गएको थियो जसको तीव्रता रिक्टर स्केलमा ४.३ मापन गरिएको थियो ।

यसअघि अप्रिल ३ मा पपुवा न्युगिनी र तिब्बतमा भूकम्पको धक्का महसुस गरिएको थियो । आइतबार–सोमबार राति तिब्बतको शिजाङ सहरमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ः१२ बजे शिजाङमा भूकम्प गएको हो । त्यसपछि मानिसहरूमा त्रास फैलिएको थियो र ठूलो संख्यामा मानिसहरू घरबाट बाहिर निस्केका थिए।

यसअघि पपुवा न्युगिनीमा शक्तिशाली भूकम्प गएको थियो । जसको तीव्रता रिक्टर स्केलमा ७.३ मापन गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राति करिब ११ बजेर ३४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । यस भूकम्पमा कुनै पनि प्रकारको क्षति नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान