२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगारमा जान अभिमुखिकरण तालिम लिन पर्दैन, सेटिङमै पाइन्छ प्रमाणपत्र !

२०८०, ६ बैशाख बुधबार ०७:०६

अनिल अधिकारी । वैशाख ६, काठमाडौँ । वैदेशिक रोजगारमा जानेहरुले रोजगारमा जानु अघि लिनै पर्ने अभिमुखिकरण तालिमको बेथिति चरमचुलीमा छ । वैदेशिक रोजगारमा जानेहरुको लागि अनिवार्य रहेको अभिमुखिकरण तालिममा सेटिङ चल्ने गरेको लामो समय बित्दा पनि सरोकारवालाहरु मौन छन् । कतिपय म्यानपावरहरुले वैदेशिक रोजगारमा जानेहरुलाई अभिमुखिकरण तालिम लिन अभिमुखीकरण तालिमकेन्द्रमै आउन बाध्यता नरहेको भन्दै एक हजारदेखि १५ सयसम्म अशुली गर्दै सेटिङमै प्रमाणपत्र दिदै आएका छन् । 

वैदेशिक रोजगारको क्रममा पहिलो पटक युएई जाने तयारीमा रहेकी नुवाकोटकि एक महिलाले आफ्नो नाम नखुलाउने सर्तमा जानकारी दिइन्- 'एक हजार तिरेर हुन्छ भने किन लिने दुई दिनको अभिमुखिकरण तालिम ? काठमाडौँ आते-जाते खर्चनै त्यो भन्दा दोब्बर लाग्छ । बरु एक हजार तिर्यो ढुक्क !' ति महिलाका अनुसार उनलाई आफू जाने गन्तव्य देश र त्यो देशबारे धेरै कुरा थाहा छैन । क्लिनर पदमा जान लागेकी उनलाई म्यानपावर कम्पनी आफैले 'तपाईलाई आउन-जान झन्झट हुन्छ' भन्दै एक हजार तिरे अभिमुखिकरण तालिम लिईराख्न नपर्ने भनि अहिले अन्तिम श्रम स्वीकृति समेत दिलाईसकेको उनले खुलाशा गरिन् । उनको अनुसार उनीसंगै जाने धेरै साथीहरुले पनि उनले जस्तै रकम तिरेर अभिमुखिकरण तालिम लिएका छैनन् । 


यस सम्बन्धमा वैदेशिक रोजगार अभिमुखिकरण तालिम प्रदायक संस्थाका केहि संचालकहरुले लामो समयदेखि चल्दै आएको सेटिङ धन्दाले अभिमुखिकरण तालिम इमान्दारितापुर्वक तरिकाले दिलाएरै आफ्नो संस्था चलाउनेहरु क्रमश धराशायी बन्दै गएको बताउँछन् । अभिमुखिकरण तालिम प्रदान गर्ने उदेश्यले संचालन गरेको कतिपय संस्थाहरुले नीति बिपरित अभिमुखिकरण तालिमनै नलिएकाहरुलाई तालिम लिएको प्रमाणपत्र दिईरहेको सम्बन्धमा आफूले  महासंघ र पटक-पटक सरकारी पक्षलाई समेत ध्यानाकर्षण गराउँदा कसैको यस सम्बन्धमा ध्यानाकर्षण नगरेको अभिमुखिकरण तालिम प्रदायक संस्थाका संचालक मानव विष्ट बताउँछन् । 

यसै सम्बन्धमा अभिमूखिकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतमले बिभागको लापरवाही र मिलिमतोको कारण सेटिङ सम्भव भएको बताउछन् । गौतमले केहि गलत सेटिङधारी व्यवसायीको कारण सिंगो व्यवसायीलाई अफ्ट्यारो परेको स्वीकारे । गौतमले अभिमुखीकरण तालिम कार्यविधि अनुसार काम भए-नभएको सम्बन्धमा अनुगमन नगरेको विषयलाई औल्याउँदै सेटिङ गर्न सम्भव हुनुमा सबैभन्दा ठूलो लापरवाही र आर्थिक चलखेल रहेको उनले बताए । गौतमले अभिमूखिकरण तालिम प्रदायक संस्थाहरुको सुधारको लागि बिभाग र बोर्ड प्यासिभ अवस्थामा रहेको र चार बर्षदेखी वैदेशिक रोजगार बोर्डलाई तालिम प्रदायक संस्थाहरुबारे जानकारीनै नभएको बताए । 

बिभागले झोलामा रहेको संस्थाहरुलाई कुनै कारवाही नगरेको साथै पहिले अनुगमनमा परेर कारवाहीमा तानिएकाहरुलाई समेत उचित कारवाही नगरी केहि महिना काम गर्नबाट बन्चित बनाउने बाहेक अरु कारवाही नगरी नवीकरण गरिदिनु आर्थिक चलखेलको संकास्पद व्यवहार रहेको बताए । 'पछिल्लो समय बिभागले कुन व्यवसायी आउँछ र मलाई पैसा खुवाउँछ भन्ने दाउ मात्र राखेर काम गर्ने गरेको छ' गौतमले आरोप लगाए । 

अभिमुखिकरण तालिम प्रदायक संस्थाहरुमा हुने चलखेलको सम्बन्धमा प्रश्न उठेको विषयमा वैदेशिक रोजगार बिभाग भने निराधार आरोप बताउँछ । बिभागका प्रवक्ता कृष्ण प्रसाद भुसालले वैदेशिक रोजगार अभिमुखिकरण तालिम प्रदायक संस्थाहरुमा बेथिति रहेको बिषयमा आफूहरु जानकार रहेको र त्यसको समाधानमा प्रयासरत रहेको बताउँछन् । अनुगमन किन नभएको भन्ने प्रश्नमा भुसालले सबै ठाउँमा अनुगमन गर्न सम्भव नरहेको बताए । उनले भने 'सबैतिर भ्याउन गाह्रो छ । गलत काम भईरहेको सूचना आए अनुगमनमा जान्छौं ।' 

यो बेथितिकै सम्बन्धमा २ बर्ष अघिको अनुगमनको भिडियो हेर्नुहोस् । अहले पनि यस्तै समस्या अभिमुखिकरण तालिम प्रदायक संस्थाहरुमा कायम छ। यसरी अनुगमन गरिएका संस्थाहरुलाई केहि समय बन्द भए पनि हाल नविकरण भएर चल्दै आएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश