2026-09-19 02:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापमा लैङ्गिक हिंसा न्यूनिकरणको लागि आत्मरक्षा सम्बन्धी प्रशिक्षण सम्पन्न


असोज ८, रामेछाप ।

रामेछाप जिल्लामा लैङ्गिक हिंसा न्यूनिकरणको लागि आत्मरक्षा सम्बन्धी एक दिने तालिम शनिबार मन्थलीमा सम्पन्न भएको छ । जिल्लामा दिनहुँ जस्तो लैङ्गिक हिंसाका डर लाग्दा घटनाहरू घटिरहेकाे न्यूनिकरण गर्ने मुख्य उद्देश्यले राखिएको तालिममा जिल्लाका विभिन्न गाविसका गरी १३० जना दलित तथा गैरदलित महिलाहरुको सहभागिता रहेको संचारकर्मी रामचन्द्र विकले जानकारी दिनुभयाे ।

तालिममा प्रशिक्षक गिरि बहादुर सुनारले महिलाहरु हिंसामा पर्नुको कारण र त्यसबाट बच्न मानसिक तथा शारीरिक रुपमा कसरी तयार हुने भन्ने विषयमा आत्मा रक्षाको लागि विभिन्न उपाय र प्राविधिक सीप बारेमा प्रशिक्षण जानकारी दिनुभएको थियो ।



रामेछापका १५ वटा स्थानीय दलित गैर सरकारी संस्थाको संयोजक गम्भीर वि.क. को अध्यक्षता भएको साे कार्यक्रममा महिला तथा दलित अधिकारकर्मी सरु सुनार, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक मखन प्रसाद यादब, महिला तथा बालबालिका कार्यालय रामेछापका सहायक महिला विकास निरिक्षक सरिता बुढाथोकी लगायतको आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला स्थित राजनैतिक दलका प्रतिनिधि, विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधि, महिला अधिकारकर्मी, १५ वटा दलित गैर सरकारी संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तालिममा १५ देखि ३० वर्ष उमेर समुहका महिलाको सहभागिता रहेकाे संयाेजक विकले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई